अमर यादव नेतृत्वको मधेश तराई फोरम पार्टी सत्तारुढ नेकपामा समाहित

 वैशाख १७, २०७६ मंगलबार १३:११:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – तराईमा क्रियाशील अमर यादव नेतृत्वको मधेश तराई फोरम पार्टी सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा समाहित भएको छ । मंगलबार बिहान एक कार्यक्रमकाबीच अध्यक्ष अमर यादवसहितका नेता कार्यकर्ता नेकपामा प्रवेश गरेका हुन् ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फोरमका अध्यक्ष यादवसहितलाई टीका माला लगाएर नेकपामा प्रवेश गराउनुभएको हो । नेकपामा प्रवेश गरेसँगै मधेशतराई फोरम विलय भएको छ । 

अमर यादवले उपेन्द्र यादव नेतृत्वको तत्कालीन मधेसी जनअधिकार फोरमबाट अलग हुँदै छुट्टै पार्टी गठन गर्नुभएको थियो ।

नेकपा प्रदेश २ का अध्यक्ष प्रभु साहको पहलमा यादवसहितको टोली नेकपा प्रवेश गरेको हो । समायोजनपछि अध्यक्ष यादवले आफ्नो पार्टीका नेता कार्यकर्ताको नेकपामा उचित स्थान मिल्ने पनि विश्वास गर्नुभयो । 

मधेशको नाम भजाएर मधेसी दलले मधेसी नागरिकमाथि खेलबाड गरिरहेकाले त्यस्तो प्रवृत्तिलाई परास्त गर्न आफूहरु देशको सबैभन्दा ठूलो दल र विकाश र समृद्धिमा लागिपरेको दल नेकपामा प्रवेश गरेको यादवले बताउनुभयो । 


 

अन्तिम अपडेट: फागुन १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया