स्ववियु चुनावमा २५ वटा विद्यार्थी सङ्घ–सङ्गठनबीच प्रतिस्पर्धा हुने
फागुन २०, २०८१ मंगलबार
कैलाली - कैलालीको लम्कीमा ट्रकको ठक्करबाट एक युवतीको मृत्यु भएपछि स्थिति तनावग्रस्त बनेको छ ।
युवतीको मृत्युपछि आक्रोशित आफन्त र लम्कीका स्थानीयवासीले दोषीलाई कारबाही र मृतकका परिवारलाई क्षतिपूर्ति दिन माग गर्दै राजमार्ग बन्द गरेपछि अवस्था तनावग्रस्त भएको हो । प्रर्दशन गर्दै स्थानीयले प्रहरीमाथि नै ढुङ्गा प्रहार गरेका थिए । जसबाट केही सुरक्षाकर्मी घाइते भएका छन् । भीड नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको कैलालीका प्रहरी नायब उपरीक्षक दक्ष बहादुर बस्नेतले जानकारी दिए ।
स्थिति तनावग्रस्त भएपछि लम्कीमा थप सुरक्षाकर्मी परिचालन गरिएको उनको भनाइ छ । स्थानीयले अहिले पनि प्रर्दशन जारी राखेका छन् । राजमार्ग अवरुद्ध भएपछि पूर्व पश्चिम जाँदै गरेका सवारी साधन लम्कीमै रोकिएका छन् ।
मंगलबार बिहान पूर्वपश्चिम राजमार्ग अन्तरगत कैलालीको लम्कीमा मंगलबार बिहान ना ७ ख ९२३३ नम्बरको ट्रकले ठक्कर दिँदा लम्कीचुहा नगरपालिका-१ की १९ वर्षीया सुनिता रावलको ज्यान गएकाे थियो । दुर्घटनाको कारण भने अहिले पत्ता लाग्न नसकेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भैरहेको प्रहरी नायब उपरीक्षक बस्नेतले बताउनुभयाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।