ज्यान मार्ने धम्की आउँदा पनि सरकारले चासो दिएन: व्यवसायी

 वैशाख १७, २०७६ मंगलबार १६:२२:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - निर्माण व्यवसायीहरुलाई नचिनेकाे मोबाइल नम्बरबाट ज्यान मार्ने धम्की आउँदा पनि सरकारले चासो नदिएको नेपाल निर्माण व्यवसायी महासंघले गुनासो गरेको छ ।

नेपाल निर्माण व्यवसायी महासंघले मंगलबार काठमाण्डाैमा पत्रकार सम्मेलन गरी महासंघका अध्यक्ष, महासचिवलगायतका २५ जनाभन्दा बढि निर्माण व्यवसायीहरुलाई ‘नचिनेकाे मोबाइल नम्बर’ बाट ज्यान मार्ने धम्की आएको जानकारी प्रधानमन्त्री, गृहमन्त्री र सुरक्षा निकायका अधिकारीहरुलाई जानकारी गराउँदा पनि चासो नदिएको भन्दै गुनासो गरेको हो ।

महासंघका अध्यक्ष रवि सिंहले आफूहरुलाई पैसा नदिए महासंघका पूर्व अध्यक्ष सरदकुमार गौचनको झै गोली हानेर हत्या गरिदिने धम्की दिनहुँजसो आउने गरेको बताउनु भयो ।

महासंघका अनुसार अध्यक्ष सिंह, महासचिव रोशन दाहाल, पूर्व अध्यक्ष जीपछिरिङ लामालगायतका निर्माण व्यवसायीहरुमाथि दैनिक पैसा नदिए ज्यान मार्ने धम्की अननोन मोबाईलमार्फतआउने गरेको छ । तर सो जानकारी प्रधानमन्त्री केपी ओली, गृहमन्त्री रामबहादुर थापा, सुरक्षा अंगका प्रमुखहरुलाई जानकारी गराउँदा पनि धम्की दिने काम नरोकिएपछि पत्रकार सम्मेलनमार्फत सार्वजनिक जानकारी गराउनु परेको पनि महासंघले जनाएको छ ।

अध्यक्ष सिंहले आफूहरुको सुरक्षाका लागि गम्भीर बन्न पनि सरकारको ध्यानाकर्षण गराउनु भयो ।

महासंघले निर्माण व्यवसायीहरुको भुक्तानी तत्काल गर्न गरिएको मागलाई पनि सरकारले बेवास्ता गरिरहेको भन्दै आपत्ति जनाएको छ । महासंघका अध्यक्ष सिंहले सरकारले समयमै भुक्तानीको व्यवस्था नगरेका कारण विकास, निर्माणको कामनै ठप्प हुने अवस्था आएको पनि बताउनु भयो ।

अन्तिम अपडेट: फागुन १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया