सामसङको ग्यालेक्सी ए७० स्मार्टफोन नेपाली बजारमा

 बैशाख १७, २०७६ मंगलबार २०:५५:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सामसङ नेपालले ग्यालेक्सी ए७० स्मार्टफोन नेपाली बजारमा प्रस्तुत गरेको छ ।

याे ए सिरिजकाे पाँचौं याे स्मार्टफोनमा पछाडिपट्टि ३२ मेगापिक्सेलकाे सहितकाे ट्रिपल क्यामरा २५ वाटकाे सुपर फास्ट चार्जिङ्ग फिचर तथा ४५०० मिलि एम्प आवरकाे ब्याट्री रहेको कम्पनीले जनाएकाे छ । 

 एण्ड्राेइड पाइ अपरेटिङ सिस्टम रहेकाे ए७० काे मूल्य ४७,९९० रुपैयाँ ताेकिएकाे र नीलाे तथा कालाे दुइ रंगमा मे १ देखि बजारमा उपलब्ध हुने कम्पनीले जानकारी दिएकाे छ ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया