राजस्थान र बेंग्लोरबीचको खेल वर्षाका कारण अवरुद्ध, नतिजा नआएपछि अंक बाँडियो

 वैशाख १८, २०७६ बुधबार ६:३५:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

इण्डियन प्रिमियर लिग अन्तर्गत राजस्थान र बेंग्लोरबीचको खेल वर्षाका कारण अवरुद्ध भएको छ । खेलले नतिजा नदिएपछि दुबै टिमले १–१ अंक बाँडेका छन् ।

दुबै टिमको प्लेअफ पुग्ने आशा यसअघि नै सकिएको थियो । वर्षा बाधक बनेपछि खेल ५–५ ओभरको खेलाइएको थियो । पाँच ओभरको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको बेंग्लोरले पाँच ओभरमा सात विकेट गुमाउँदै ६२ रन बनाएको थियो । 

बेंग्लोरका लागि विराट कोहलीले ७ बलमा ३ छक्का र एक चौका प्रहार गर्दै २५ रन बनाए । एबी डि भिलियर्सले चार बलमा १० रन बनाए । 

बलिङतर्फ श्रेयश गोपालले तीन विकेट लिए । 

पाँच ओभरमा ६३ रन चाहिएको राजस्थानले ३.२ ओभर खेल्दा ४१ रन बनाएको थियो । तर मैदानमा फेरि वर्षा भएपछि खेल सञ्चालन हुन नसकेन र दुबै टिमले १–१ अंक बाँढे ।

ब्याटिङमा सञ्जु स्यामसनले १३ बलमा दुई चौका र तीन छक्का प्रहार गर्दै २८ रन बनाएका थिए ।

अन्तिम अपडेट: मंसिर ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया