स्ववियु चुनावमा २५ वटा विद्यार्थी सङ्घ–सङ्गठनबीच प्रतिस्पर्धा हुने
फागुन २०, २०८१ मंगलबार
काठमाण्डौ – नेपाल पत्रकार महासघंका अध्यक्ष गोविन्द आचार्यले सरकारले बनाएका कानुनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता प्रति अंकुश लगाउने खतरा बढेको बताउनुभएको छ ।
श्रमिक दिवसका अवसरमा काठमाण्डौमा महासघंले आयोजना गरेको कार्यक्रममा अध्यक्ष आचार्यले पत्रकारको पेशागत तथा भौतिक सुरक्षाप्रति कसैसँग पनि सम्झौता नगर्ने बताउनुभएको हो ।
उहाँले लोकतन्त्रको आधारभुत मान्यतालाई कसैले हस्तक्षप गरेमा चुप लागेर नबस्ने पनि बताउनुभएको छ । पत्रकारलाई सम्मानपूर्वक बाँच्नका लागि र श्रम अनुसारको ज्याला दिने विषयमा कार्यक्रममा सहभागी अन्य ब्यक्तिहरुले पनि समर्थन जनाएका छन् ।
दिवसको अवसरमा बुधबार बिहान महासंघले ऐक्यबद्धता र्याली गरेको हो । र्याली माइतीघरदेखि नयाँबानेश्वरसम्म पुगेर कोणसभामा परिणत भएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।