राष्ट्रपति फर्किँदा पनि आकाश खाली : एयर चाइनाको विमान फर्कियो, हिमालयन एयरलाइन्स भारततिर

 वैशाख १८, २०७६ बुधबार १०:३४:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका कारण बुधबार पनि काठमाण्डौको आकाश खाली गराइएको छ ।

चीनको साताव्यापी भ्रमण टुंग्याउँदै राष्ट्रपति भण्डारी स्वदेश फर्किंदा त्रिभुवन विमानस्थलमा अवतरण गर्ने अरु जहाजहरु झण्डै एक घण्टा आकाशमै घुम्न बाध्य भए ।

चीनको स्वशासित क्षेत्र तिब्बतबाट आउनुभएकी राष्ट्रपति भण्डारी १० बजेर ९ मिनेटमा अवतरण गरेपछि पनि धेरैबेरमा अरु जहाजले पालो पाएनन् ।

राष्ट्रपतिको जहाजभन्दा पहिले नै चीनको चेङ्दुबाट आएको एयर चाइनाको जहाजले तीन फन्को लगाउँदा पनि अवतरणको पालो नपाउँदा उतै फर्किएको छ ।

यस्तै कतारको दोहाबाट आएको हिमालयन एयरलाइन्स भारततिर फर्किएको छ । वीरगञ्ज र हेटौँडाको आकाशमा चार फन्को लगाउँदा पनि पालो नपाएपछि जहाज फर्किएको हो ।

मुम्बइबाट आएको इथोयोपियन एयरलाइन्स पनि निकैबेर आकाशमा फन्को लगाएको छ । राष्ट्रपति भण्डारी चीन जाने बेलामा पनि झण्डै ४० मिनेट उडान र अवतरण ठप्प भएको थियो ।

राष्ट्रपतिको सवारीको बेला हवाइ उडान र सडक यातायात ठप्प बनाउँदा यात्रुले हैरानी खेप्ने गरेका छन् । यसको तीव्र आलोचना भैरहे पनि सम्बन्धित निकायले ध्यान दिएका छैनन् ।
 
 
 

अन्तिम अपडेट: फागुन १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

5 Comments

  • Ramesh

    May 3, 2019, 6:49 p.m.

    नामको मात्रै राष्ट्रपति होला ....काम केहि छैन , न केहि गरोस / दु:ख मात्रै दिने, हुँदा हुँदा गाडी र प्लेनमा बस्दा पनि छोडेन /

  •  0 Reply
  • नेपाललाई माया गर्ने नेपाली

    May 1, 2019, 1:51 p.m.

    यो हाम्रो संस्कारले ल्याएको नकारात्मक कुरा हो । धेरै इज्जत गर्ने संस्कार भयो भने यस्तो हुन्छ

  •  0 Reply
  • Yogen Subba

    May 1, 2019, 12:21 p.m.

    भगवान उडेको हो नेपालको त्यहि भएर होला / This country is in really deep shit.

  •  0 Reply
  • Topaz

    May 1, 2019, 12:08 p.m.

    अब मोज गर्नु पर्यो नि /

  •  0 Reply
  • Milan khati

    May 1, 2019, 12:03 p.m.

    पागलपन हो यो /

  •  0 Reply

तपाईको प्रतिक्रिया