पहिलो संस्करणको नेपाल कबड्डी लिगमा ६ वटा टोलीले सहभागिता जन...
मंसिर ८, २०८१ शनिबार
काठमाण्डौ – बंगालको खाडीको दक्षिण पूर्वी भागमा भएको ‘फानी’ नामक आँधीको प्रभाव नेपालको हिमाली क्षेत्रमा पर्ने सम्भावना भएकाले सावधानी अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।
बंगालको खाडीको दक्षिण पूर्वी भागमा बनेको शक्तिशाली चक्रवात ‘फानी’ विस्तारै उत्तर –पश्चिम दिशातर्फ अगाडि बढेकाले यसको ठूलै प्रभाव नपरे पनि हिमाली क्षेत्रमा हिमपात हुने सम्भावना भएकाले सावधान अपनाउन मौसमविद्ले आग्रह गरेका हुन् ।
शुक्रबार यो प्रणाली ओडीसा आसपास तिर मोडिने मौसमविद् विभुती पोख्रेलले बताउनुभयो । यसको प्रभावले नेपालको पूर्वी भूभागमा हावाहुरीसहित हल्कादेखि मध्यम किसिमको वर्षा हुने मौसमविद् पोखरेलले जानकारी दिनुभयो ।
फानी नामक आँधीको प्रभाव नेपालमा पर्ने या नपर्ने बारेमा केही दिन यता मौसमविद्ले अध्ययन गर्दै आएका छन् । अहिलेसम्म यो चक्रवात नेपालमा प्रवेश गर्ने सम्भावना नदेखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
भारतमा भने ‘फानी’ले विनाश निम्ताउन सक्ने भन्दै उत्तरी तमिलनाडु, पुडुचेरी, आन्ध्र प्रदेशको तटीय क्षेत्रलगायतका ठाउँमा पर्सीसम्म सतर्क रहन सूचित गरिएको छ ।
१ सय ५५ देखि १ सय ७५ किलोमिटर प्रतिघण्टाको वेगमा आँधी आउने, भारी वर्षा हुने र समुद्री लहर उठ्ने भारतीय मौसमविदले चेतावनी दिएका छन् । यसअघि २७ चैतमा आएको ‘टोर्नाडो’ आँधीका कारण नेपालका बारा र पर्सामा २८ जनाको ज्यान गएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।