क्विक्स नेपाल बास्केटबल लिगमा आर्मीकाे लगातार तेस्राे जित

 वैशाख १८, २०७६ बुधबार १४:२:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - त्रिभुवन आर्मी क्लबले क्विक्स नेपाल बास्केटबल लिगमा लगातार तेस्रो जित दर्ता गरेको छ ।
 
लिगअन्तर्गत बुधबार भएको खेलमा आर्मीले कीर्तिपुर बास्केटबल क्लबलाई ७८-५८ स्कोरले पराजित गर्दै आर्मीले तेस्रो जित निकालेको हो । आर्मीको जितमा रोविन खत्रीले २६ अंकको योगदान दिए ।  प्लेयर अफ् द म्याच रोविन नै चुनिए । जितसँगै आर्मीले ३ खेलबाट ६ अंक जोडेको छ ।  

प्ले फर डिप्राइभ्ड चिल्ड्रेन नेपाल (पीडीसीएन) को आयोजनामा जारी लिगमा ८ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगिताको विजेताले २ लाख पुरस्कार पाउने छन्  ।

यस्तै दोस्रोले १ लाख र मोस्ट भ्यालुएबल खेलाडी र सर्वाधिक स्कोर गर्ने खेलाडीले पनि नगद पुरस्कार पाउने आयोजकले जनाएको छ।

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया