च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डाै - आईसीसीले सार्वजनिक गरेको नयाँ टी-२० वरीयतामा नेपाली राष्ट्रिय क्रिकेट टिमका तीन खेलाडी परेका छन् । नयाँ वरीयतामा कप्तान पारस खड्का, सोमपाल कामी र बसन्त रेग्मीले स्थान बनाएका छन् ।
वरीयताको अलराउण्डरतर्फ कप्तान पारस ३८ औंँ स्थानमा रहेका छन् । कप्तान पारस वरीयतामा यथावत रहेका हुन् । ७६ अंक पाएका कप्तान पारसको यो करियरकै ठूलो वरीयता हो ।
अलराउण्डरतर्फ ६० अंक पाएका सोमपाल एक स्थान सुधार गर्दै ४९ औंँ स्थानमा उक्लिएका छन् । यसअघि सोमपाल ५० औं स्थानमा रहेका थिए ।
यस्तै कप्तान पारस ब्याटिङतर्फ तीन स्थान तल झरेका छन् । पारस ९५ औंँ स्थानमा रहेका छन् । अघिल्लो महिना पारस ९२ औंँ स्थानमा थिए ।
बलिङको वरीयतामा सोमपाल र बसन्तले सुधार गरेको छ । समान ४०९ अंक पाएका सोमपाल ६८ र बसन्त ६९ औंँ स्थानमा रहेका छन् । यसअघि सोमपाल ७० र बसन्त ७१ औं स्थानमा रहेका थिए ।
आईसीसी टिम वरीयतामा नेपाल १४ औं स्थानमा यथावत रहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।