इण्डियन प्रिमियर लिग : चेन्नइसँग दिल्ली पराजित

 बैशाख १९, २०७६ बिहिबार ६:३२:८ | उज्यालो सहकर्मी
unn.prixa.net

इण्डियन प्रिमियर लिग अन्तर्गत बिहीबारको खेलमा चेन्नइ सुपर किंग्स विजयी भएको छ । चेन्नइस्थित एमए चिदम्बरम मैदानमा भएको खेलमा घरेलु टिमले दिल्लीलाई ८० रनले पराजित गर्‍यो ।

टस हारेर ब्याटिङको निम्तो पाएको चेन्नइले २० ओभरमा ४ विकेट गुमाउँदै १७९ रन बनाएको थियो । चेन्नइका लागि सुरेश रैनाले ५९ रन बनाए भने महेन्द्रसिंह धोनीले अविजित ४४ रन जोडे । फाफ डु प्लेसिसले ३९ रन बनाउँदा रवीन्द्र जडेजाले पनि २५ रन बनाए । 

१८० रनको लक्ष्य पछ्याएको दिल्ली १६.२ ओभरमा ९९ रनमा समेटियो । दिल्लीका लागि श्रेयस ऐयरले ४४ रन बनाए भने शिखर धवनले १९ रन जोडे । अन्य खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन् । 

दिल्लीलाई सस्तैमा समेट्नका लागि इम्रान ताहिरले चार विकेट लिए । रवीन्द्र जडेजाले पनि ३ विकेट हात पारे ।

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया