मौसम : मेघगर्जन र हुरीबताससहित पानी पर्ने संभावना

 वैशाख १९, २०७६ बिहीबार ७:४५:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – उपत्यकासहित मध्य क्षेत्रको केही ठाउँमा बिहीबार पनि बेलुकीतिर हुरीबतास चल्ने मौसमविद्ले अनुमान गरेका छन् ।

पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभावले बुधबार बेलुकी मध्य क्षेत्रका धेरै ठाउँमा हुरीबतास चलेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिनुभयो । उहाँका अनुसार भारतको विहार र पश्चिम बंगालमा बनेको न्यूनचापीय क्षेत्र तथा पश्चिमी र स्थानीय वायुको प्रभावले बिहीबार देशका केही ठाउँमा मेघगर्जन र हुरीबताससहित पानी पर्ने संभावना छ ।

यस्तै केही ठाउँमा असिना पनि पर्ने उहाँको अनुमान छ । बंगालको खाडीको दक्षिण पूर्वी भागमा रहेको शक्तिशाली चक्रवात फानीको प्रभावले शुक्रबार दिउँसोपछि पूर्वी र मध्य क्षेत्रको हिमाली भेगमा भारी हिमपातसहित हुरीबतास चल्ने भएकाले सावधानी अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । 

चक्रवातको प्रभावले हिमपात हुनसक्ने भन्दै हिमाल आरोहण तथा पदमार्गमा गएका पर्यटकलाई सचेत हुन मौसमविद्ले आग्रह गरेका हुन् ।

अन्तिम अपडेट: फागुन १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया