प्रदेश १ ले आज राधजानी र नामको प्रस्ताव पाउला ?

 वैशाख १९, २०७६ बिहीबार ८:१६:३० | उज्यालो सहकर्मी
unn.prixa.net

मोरङ – एक नम्बर प्रदेशको नाम र राजधानीका लागि प्रस्ताव दर्ता गर्नुपर्ने बिहीबार अन्तिम दिन हो ।  प्रदेशसभामा दुई तिहाई मत प्राप्त नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले अझै ठोस निर्णय गर्न सकेको छैन ।

पार्टी भित्रै मत नमिलेपछि १ नम्बर प्रदेशको नाम र राजधानीको विषयमा  ठोस निर्णय लिन नसकेको हो । बुधबार दिनभर बसको बैठकले पनि निर्णय लिन नसकेपछि बिहीबार बिहानलाई फेरि पार्टी भित्रका पदाधिकारीकोे बैठक बोलाइएको छ ।

पार्टीले उचित निर्णय दिन नसक्दा अझै यो विषयमा नेकपा संसदीय दलको बैठक समेत बस्न सकेको छैन । प्रदेशको नाम र राजधानीका लागि १९ गतेसम्ममा प्रस्ताव हाल्न सभामुख प्रदीपकुमार भण्डारीले आव्हान गरेसँगै दलहरु सहमतिको रस्साकस्सीमा छन् । विराटतनगरको बिग होटलमा पार्टीका पदाधिकारीबीच बैठक चलिरहँदा सांसदहरु भने हस्ताक्षर क्याम्पेनिङमा लागेका छन् ।

नेकपाका नेता तथा भोजपुरका सांसद राजेन्द्रकुमार राईले दलका नेता तथा पार्टीको माथिल्लो निकायको ध्यानाकर्षण गराउनका लागि आफूहरुले हस्ताक्षर अभियानमा लागेको बताउनुभयो ।  सांसदहरुले चलाएको हस्ताक्षर अभियानमा इटहरीमा प्रदेशसभा सचिवालय राख्नुपर्ने, मोरङको गोठगाउँमा मन्त्रिपरिषद्को कार्यालय राख्नुपर्नेसहितको क्याम्पेनिङ भैरहेको छ ।

यद्यपी यस खालको विषय राम्रो नभएको भन्दै बैठकमा सहभागी नेकपाका केन्द्रीय सदस्य महेश रेग्मीले राज्यका संरचना विकेन्द्रीकरण गर्ने कुरा गर्नै नहुने बताउनुभयो ।

यसअघि प्रदेश सरकारले धरान, इटहरी, विराटनगरलगायतका १८ वटा स्थानीय तहलाई मिलाएर वृहत विराट क्षेत्र निर्माण गरेको थियो । संसदबाट यो विषयमा कानुन समेत बनिसकेको छ ।  

नेकपा प्र्रदेश कमिटीको बैठक बसेर निर्णय गर्नको लागि अहिले बैठक बस्दैछ । त्यस्तै १० बजे प्रदेशसभा सचिवालयमा सर्वदलीय बैठक बस्ने तथा ११ बजे नेकपा संसदीय दलको बैठक बसेर त्यहाँबाट आएका राय सुझावलाई समेटेर पार्टीले निर्णय गरी अगाडि बढ्ने तयारीमा नेकपा देखिएको नेकपा प्रदेश संयोजक देवराज घिमिरेले बताउनुभयो । 

अन्तिम अपडेट: फागुन १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया