स्ववियु चुनावमा २५ वटा विद्यार्थी सङ्घ–सङ्गठनबीच प्रतिस्पर्धा हुने
फागुन २०, २०८१ मंगलबार
जुम्ला – चन्दननाथ नगरपालिकाले सुरक्षित रुपमा सुत्केरी गराउन जनचेतना अभियान सुरु गरेकोे छ ।
नगरपालिकाले अस्पतालमै सुत्केरी गराउनुपर्ने, चार पटक गर्भजाँच गर्ने र आवश्यक संस्थागत स्वास्थ्यकर्मीको सल्लाह सुझावका लागि जनचेतना अभियान सुरु गरेको हो ।
चन्दननाथ नगरपालिकाको आयोजना र ब्रेक थ्रो एक्सनको सहयोगमा संस्थागत सुत्केरीका विषयमा अभियान सञ्चालन गरिएको हो । गर्भवतीको भेला, गर्भवती परीक्षण, सरसफाई, जन्मान्तर, परिवार नियोजनसम्बन्धी जानकारी गराउँदै सचेतना अभियान थालिएको चन्दननाथ नगरपालिकाका नायव सुब्बा लक्ष्मीचन्द्र न्यौपानेले जानकारी दिनुभयो ।
तलिउम स्वास्थ्यचौकी इन्चार्ज नरेन्द्रबहादुर धरालाले यो अभियान निकै राम्रो भएको र अहिले गर्भवती जाँच तथा स्वास्थ्य केन्द्रमा सुत्केरी गराउनेको संख्या बढेको बताउनुभयो । गर्भवती जाँच तथा संस्थागत सुत्केरी बढाउँदै कार्यक्रम प्रभावकारी बनाउन आमा समूह बैठक, घरदैलो भेटघाट, गर्भवती भेला निरन्तर गरिने उहाँले बताउनुभयो ।
घरमा सुत्केरी हुँदा आमा तथा नवजात शिशुको स्वास्थ्य जोखिम नहोस भनेर गर्भवतीलाई संस्थागत सुत्केरी हुन प्रेरित गर्न स्वास्थ्य व्यवस्थापन समिति, महिला स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मीको सक्रियतालाई बढाइएको धरालाले बताउनुभयो ।
ब्रेकथ्रो एक्सन जुम्लाका कार्यक्रम संयोजक गगन ठगुनाले घरमै सुत्केरी हुने परम्परालाई हटाउन सडक नाटक, देउडा गीत लगायतका माध्यमबाट जनचेतना अभियान प्रभावकारी ढंगले अघि बढाइने बताउनुभयो ।
गर्भवतीलाई स्वास्थ्य सामग्री
चन्दननाथ नगरपालिकाका वडाभरी रहेका ५० जना गर्भवती महिलालाई सरसफाई किट्स वितरण गरिएको छ । बुहक्षेत्रीय पोषण कार्यक्रमको सहयोग र नगरपालिकाको समन्वयमा साबुन, नेलकटर, ब्रस, टुथपेस्ट लगायतका सामाग्री वितरण गरिएको छ ।
गर्भवती महिलालाई सरसफाईमा सहयोग गर्ने उद्देश्यले सामाग्री सहयोग गरिएको चन्दननाथ नगरपालिका जुम्लाका सरसफाई सम्पर्क व्यक्तिसमेत रहेका न्यौपानेले जानकारी दिनुभयो । यसमा सुनौला हजार दिनभित्रका आमाहरुलाई समेत सरसफाई सामान उपलब्ध गराइएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।