स्ववियु चुनावमा २५ वटा विद्यार्थी सङ्घ–सङ्गठनबीच प्रतिस्पर्धा हुने
फागुन २०, २०८१ मंगलबार
काठमाण्डौ- ‘अघिल्लो महिनादेखि नै अलिअलि कमजोर हुने, काँप्ने जस्तो भइरा’थ्यो, बल्ल अहिले थाहा भयो, जिउमा सुगरको कमी भा’रैछ,’ रोल्पाका झोकबहादुर परियारले आफूलाई सुगरको कमी भएको कुरा स्वास्थ्य शिविरमा भएको परीक्षणबाट पत्ता लागेको बताउनुभयो ।
‘औषधि पाएँ, अहिले अलि ठिक हुँदै गा’छ,’ सामान्य उपचारपछि औषधि पनि पाएको उहाँले बताउनुभयो । आदिनारायण इँटा उद्योग थानकोटमा काम गर्ने उहाँ लगायत दुई सय ५० जना कामदार तथा बालबालिकाहरुले वैशाख १७ गते सम्पन्न भएको निःशुल्क स्वास्थ्य शिविरमा परीक्षण गरेर औषधि पनि पाएका छन् ।
शिविरमा परीक्षण गर्न आउने सबै व्यक्तिको तौल मापन, रक्तचाप मापन, सुगर परीक्षण, सामान्य परामर्श सेवा तथा साधारण स्वास्थ्य चेकजाँच गरी औषधि वितरण गरिएको बाल विकास समाजका कार्यक्रम व्यवस्थापक प्रदीपकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
नेपाल सरकार व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य केन्द्रले ‘१९ औं राष्ट्रिय व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सप्ताह-२०७६’ अन्तर्गत ‘कामको भविष्य र सुरक्षा तथा स्वास्थ्य’ भन्ने नाराका साथ निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको थियो । व्यवसायजन्य सुरक्षा र स्वास्थ्य केन्द्र प्रमुख वरुणकुमार झाले शिविरको अनुगमन गर्नुभएको थियो । शिविरमा आएका सेवाग्राहीहरुलाई मेडिसिटी हस्पिटलका चिकित्सकले परीक्षण गरेका थिए ।
बाल विकास समाजले वर्ल्ड भिजन इन्टरनेशनल नेपालसँगको साझेदारीमा सञ्चालन गरेका इँटा उद्योगमा रहेका बालबालिकाको उत्थानशील विकास परियोजना अन्तर्गत उद्योग व्यवसायी, स्थानीय निकाय एवं चन्द्रागिरी नगरपालिका र राष्ट्रिय स्तरका सम्बन्धित निकायसँग समन्वय गरी अधिकारमूखी तथा सेवामूखी कार्यहरु सञ्चालन गरिरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।