न्यूनतम साझा कार्यक्रम र सङ्कल्प प्रस्ताव ल्याउनु ठूलो कुरा होइन,...
चैत १५, २०८० बिहिबार
बलिउड फिल्म ‘हेरा फेरी’, फिर हेराफेरी’, ‘आवारा पागल दिवाना’, ‘वेलकम’ जस्ता कैयौं हिट फिल्मका निर्माता फिरोज नाडियाडवालालाई ३ महिनाको जेल सजाय सुनाइएको छ ।
फिरोजलाई ८.५६ लाख रुपैयाँको कर मुद्दामा जेल सजाय भएको हो । सन् २०१४ मा ८.५६ लाख रुपैयाँको कर तोकिएको समयमा नबुझाएपछि मुद्दा दर्ता भएको थियो ।
यसको जवाफमा फिरोजले बयान दिँदै भनेका छन्, ‘मैले कर तिर्न ढिला भएको स्वीकार गर्छु । तर मैले पछि सम्पूर्ण ब्याज र जरिबानासहित कर चुक्ता गरिसकेको छु । मबाट सम्पूर्ण कर चुक्ता भइसकेको बताइयो र फेरि ममाथि नै ३ महिनाको जेल सजाय भएको फैसला सुनाइएको छ । यस कुराले म निकै हैरान भएको छु । तर मलाई न्यायपालिकामाथि पूर्ण विश्वास छ ।’
साथै फिरोजले आफूलाई सुनाइएको फैसलालाई चुनौती दिँदै फेरि अदालत जाने बताएका छन् । उनले भने, ‘मलाई देशको न्यायपालिकामाथि अटुट विश्वास छ । यसैकारण मेरो मुद्दामा पनि न्याय हुनेछ ।’ फिरोज नाडियाडवाला तीन दशकदेखि बलिउड फिल्म उद्योगमा छन् । उनले अहिलेसम्म २० भन्दा बढी फिल्म निर्माण गरिसकेका छन् ।