स्ववियु चुनावमा २५ वटा विद्यार्थी सङ्घ–सङ्गठनबीच प्रतिस्पर्धा हुने
फागुन २०, २०८१ मंगलबार
काठमाण्डौ – साञ्जेन जलविद्युत कम्पनी तथा रसुवागढी हाइड्रो पावरले निष्काशन गरेको साधारण शेयर ऊर्जा मन्त्रालयमा बिहीबार बाँडफाँड भएको छ । शेयर बाँडफाँड कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन पनि उपस्थित हुनुहुन्थ्यो ।
साञ्जेन जलविद्युत कम्पनीको शेयर बिक्री प्रबन्धक नागरिक लगानी कोषका अनुसार १० कित्ताका लागि आवेदन दिएका सबै ५९ हजार ४५५ जना आवेदकले माग गरेअनुसार शेयर बाँडफाँड गरिएको छ ।
त्यस्तै २० देखि २ हजार कित्तासम्म आवेदन दिएका २ लाख २९ हजार ४४२ आवेदकमध्ये ९१.२३ प्रतिशत अर्थात दुई लाख ९ हजार २३८ आवेदकले गोलाप्रथाबाट थप १० कित्ता गरी २० कित्ताका दरले शेयर पाएका छन् ।
त्यस्तै रसुवागढी हाइड्रोपावरले निष्काशन गरेको साधारण शेयर पनि बिहीबार नै बाँडफाँड गरिएको छ । रसुवागढीको साधारण शेयरमा आवेदन दिनेले धेरैमा ५० कित्तासम्म शेयर पाएका छन् । ४० कित्तासम्मको शेयर माग गर्दै आवेदन दिएका आवेदकले भने मागबमोजिम नै शेयर पाएका छन् ।
सभामुख र ऊर्जा मन्त्रीलाई पनि शेयर
सभामुख कृष्णबहादुर महरालाई जनताको जलविद्युत आयोजनाअन्र्तगत रसुवागढी जलविद्युत आयोजनाको ४० कित्ता, सान्जेन जलविद्युत आयोजनाको २० कित्ता शेयर परेको छ । त्यस्तै ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनलाई रसुवागढी र सान्जेन जलविद्युत आयोजनाको २०–२० कित्ता शेयर परेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।