'गेम अफ थ्राेन' का कलाकार शोफी टर्नर र जो जोनसले सुटुक्क विवाह गरे

 बैशाख २०, २०७६ शुक्रबार ११:४८:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

चर्चित वेव सिरिज ‘गेम अफ थ्रोन’ मा सान्सा स्टार्कका रुपमा चर्चित अभिनेत्री सोफी टर्नर र गायक जो जोनसले अमेरिकाको लस भेगासमा सुटुक्क विवाह गरेका छन् ।

डिजे डिप्लोले उनको इन्स्टाग्राम एकाउन्टको स्टोरीमा सोफी र जो जोनस निजीले एक समारोहमा विवाह गरिरहेको भिडियो पोष्ट गरेका छन् । उक्त भिडियो सार्वजनिक भएसँगै सोफी र जोका फ्यानहरु चकित परेका छन् । 

 

भिडियोमा सोफी टर्नर सेतो रंगको दुलही पहिरनमा सजिएकी छिन् भने जो जोनस दुलाहाको फर्मल शुटमा सजिएका छन् । भिडियोमा यी दुईलाई निजी समारोहमा केही सीमित पाहुनको उपस्थितिमा विवाह गरिरहेको देख्न सकिन्छ । खबरहरुका अनुसार, सोफी र जोले यस अघि नै विवाहको लाइसेन्स लिइसकेका थिए । 

सोफी र जोले सन् २०१६ देखि एकअर्कालाई डेट गर्न सुरु गरेका थिए । दुवैले सन् २०१७ को अक्टुबरमा इन्गेजमेन्ट गरेका थिए । अमेरिकी पप गायक जो जोनस निक जोनसको भाइ हुन् । गत वर्ष डिसेम्बरमा भारतको उदयपुरमा निक जोनस र प्रियंका चोपडाको विवाह हुँदा जो जोनस र सोफी टर्नर पनि सहभागी भएका थिए । 

खबरहरुका अनुसार जो जोनस र सोफी टर्नरले छिट्टै नै आधिकारीक रुपमा विवाहको भव्य रिसेप्सनको आयोजना गर्नेछन् । उनीहरुको विवाहको रिसेप्सन फ्रान्समा हुन सक्ने बताइएको छ । 
 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया