च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
अन्तरराष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले विश्वकप क्रिकेट अगाडि वरीयता सार्वजनिक गरेको छ ।
विश्वकप अघि इंग्ल्याण्डले अझै २ वटा सिरिज खेल्न बाँकी रहेकाले शीर्ष स्थानमा रहन उस्ले सिरिज जित्नैपर्ने बाध्यता पनि रहेको छ । शीर्ष स्थानमा रहेको इंग्ल्याण्डको १२३ रेटिङ रहेको छ भने १२० रेटिङका साथ भारत दोस्रो स्थानमा छ । भारत टेस्ट वरीयतामामा भने शीर्ष स्थानमा रहेको छ ।
आईसीसीले सार्वजनिक गरेको वरियता अनुसार शीर्ष १० टोलीले विश्वकप खेल्दैछन् । न्यूजिल्याण्ड र दक्षिण अफ्रिका ११२ रेटिङ प्वाइन्टका साथ क्रमश: तेस्रो र चौथो स्थानमा रहँदा १०८ रेटिङ रहेको अस्ट्रेलिया भने पाँचौं स्थानमा रहेको छ । पाकिस्तान छैटौं, बंगलादेश सातौं तथा श्रीलंका आठौं स्थानमा रहेका छन् । यसैगरी नवौं स्थानमा वेस्टइन्डिज र दशौं स्थानमा अफगानिस्तान रहेको छ ।
नेपाल भने आईसीसीको वरीयतामा चौधौं स्थानमा रहेको छ । नेपालको यसअघि पनि चौधौं वरीयता नै थियो । अघिल्लो महिना नेपालभन्दा अघि रहेको यूएई जिम्बावेसँग हारेपछि नेपालले एक स्थान सुधार गरेको थियो ।
गत माघमा नेपालले पहिलो एकदवसीय सिरिज जित्ने क्रममा यूएईलाई २–१ ले पराजित गरेपछि नेपाल पहिलो पटक एक दिवसीय वरीयतामा समावेश भएको हो । वरीयतामा समावेश १६ राष्ट्रमध्ये नेपालभन्दा पछाडि २ राष्ट्र छन् । यूएई १५औँ र केही दिनअघि मात्र एक दिवसीय मान्यता पाएको पपुवा न्युगिनी १६औँ स्थानमा छ ।
टी–२० वरीयतामा पनि नेपाल १४ औं स्थानमा रहेको छ । यो वरीयतामा भने १८ टिम सहभागी छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।