तेस्रो राष्ट्रिय मिडवाइफ्री सम्मेलन वैशाख २१ र २२ मा

 वैशाख १९, २०७६ बिहीबार १९:४:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपालमा तेस्रो राष्ट्रिय मिडवाइफ्री सम्मेलन वैशाख २१ र २२ गते हुने भएको छ । 

मिडवाइफ्री सोसाइटीले तीन तीन वर्षमा गर्ने गरेको सम्मेलन यसपटक मिडवाइफहरु सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकारको पैरवीकर्ता भन्ने नाराका साथ आयोजना गर्न लागिएको हो । 

मिडवाइफ भन्नाले गर्भवती तथा सुत्केरीको स्याहार सुसारको अध्ययन गरेका व्यक्तिलाई बुझिन्छ । सम्मेलनको उद्देश्य राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा मिडवाइफ्री व्यवसायलाई सुदृढीकरण गर्नु रहेको मिडवाइफ्री सोसाइटीकी अध्यक्ष डाक्टर लक्ष्मी तामाङले बताउनुभयो ।

 सम्मेलनमा झण्डै तीन सय नर्स, मिड्वाइफ्री सेवाप्रदायक, चिकित्सक, विद्यार्थी विद्यार्थी मिडवाइफ, जनस्वास्थ्यकर्मी लगायत सहभागि हुने आयोजकले जनाएको छ । 
मिडवाइफको अभावमा अहिले प्रतिलाखमा २ सय ३९ जना मातृ मृत्युदर रहेको छ । अहिले प्रति शैय्या दुईजना मिडवाइफको आवश्यकता रहेको पनि सोसाइटीले जनाएको छ । 

अन्तिम अपडेट: फागुन १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया