फेरि सर्‍याे महिला च्याम्पियन्स लिग क्रिकेट, अब असाेजमा हुने

 बैशाख १९, २०७६ बिहिबार १९:५२:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपालका ५ वटा फ्रेन्चाइज क्रिकेट टिमको सहभागिता रहेको महिला च्याम्पियन्स लिग क्रिकेट प्रतियोगिताका लागि क्वीन्स इभेन्ट्स म्यानेजमेन्टले मिति सारेको छ । अब यो प्रतियोगिता असोज तीन देखि ११ गतेसम्म गर्ने नयाँ मिती तय गरेको छ ।

यसअघि जेठको पहिलो साता हुने बताइएपछि सो बेला प्रधानमन्त्री कप हुने भएकाले आयोजकले प्रतियोगिता सारेका हुन ।
प्रतियोगिताका लागि आयोजकले आजबाट ९विहिबार० बाट खेलाडीको दर्ता खुल्ला गरेको छ । खेलाडी दर्ताको समय बैशाख २५ गतेसम्मलाई तोकिएको छ । महिला च्याम्पियन्स लिग यसअघि जेठ तीन देखि १२ गतेसम्म गर्ने बताइएको थियो ।

खेलाडी दर्ताका लागि आयोजकले चार समुहमा विभाजन गरिएको छ । जसमा डायमण्ड, सफायर, रुविज, वाइल्ड कार्ड एन्ट्रि रहेका छन् ।
डायमण्ड श्रेणीमा अहिले राष्ट्रिय टोलीबाट खेलिरहेका खेलाडीहरू पर्नेछन् । यस्तै रुविजमा राष्ट्रिय टोलीबाट कुनै पनि अन्तर्राष्ट्रिय खेलमा प्रतिनिधित्व गरिसकेका र सफायरमा क्षेत्र वा प्रदेशबाट राष्ट्रिय प्रतियोगिता खेलेका खेलाडीहरू पर्ने छन्।

वाइल्ड कार्ड एन्ट्रीमा ट्यालेन्ट हन्टमार्फत छनोट भएर आएका खेलाडीहरू पर्ने छन् । प्रतियोगितामा सहभागी प्रत्येक टोलीले दुई-दुई जना वाइल्ड कार्ड एन्ट्रीका खेलाडीलाई समावेश गर्नुपर्ने छ ।

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया