सुपर ओभरमा सनराइजर्सलाई हराउँदै मुम्बई इण्डियन्स आईपीएलकाे प्लेअफमा

 बैशाख २०, २०७६ शुक्रबार ६:९:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

मुम्बई इण्डियन्स  इण्डियन प्रिमियर लिग (आईपीएल)को प्लेअफमा स्थान बनाउन सफल भएको छ ।

बिहीबार राति भएकाे खेलमा सनराइजर्स हैदराबादलाई सुपर ओभरमा पराजित गर्दै मुम्बई प्लेअफमा पुग्न सफल भयो ।एक ओभर इलिमिनेटरमा मुम्बईका जस्प्रित बम्राहले दुई विकेट लिएपछि हैदराबादले पूरा ६ बल पनि खेल्न सकेन । उसले जम्मा ८ रन बनायो । जुन लक्ष्यलाई मुम्बईले तीन बलमै पूरा गर्‍यो ।

टस जितेर ब्याटिङ रोजेको मुम्बईले २० ओभरमा ५ विकेट गुमाउँदै १६२ रन बनाएको थियो । मुम्बईका लागि क्विन्टन डिककले अविजित ६९ रनको योगदान दिए । रोहित शर्माले २४ रन नाउँदा शार्दुल यादवले २३ र हार्दिक पाण्ड्याले १८ रन बनाए ।

बलिङतर्फ हैदराबादका खालिल अहमदले तीन विकेट लिए ।

जितका लागि १६३ रनको लक्ष्य लिएको हैदराबाद पनि २० ओभरमा ६ विकेट गुमाउँदा १६२ रनमा नै सीमित बन्यो । मनिष पाण्डेले अविजित ७१ रन बनाए भने मोहम्मद नाबीले ३१ रन जोडे । यस्तै ऋद्धिमान शाहाले पनि २५ रनको योगदान दिए ।

बलिङतर्फ बुम्राह, क्रुनाल पाण्ड्या र हार्दिक पाण्ड्याले २–२ विकेट बाँडे ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया