जापानको जङ्गलमा तीन दशकयताकै ठूलो डढेलो
फागुन १९, २०८१ सोमबार
काठमाण्डौ – नेपाल पत्रकार महासङ्घले तीन जनालाई प्रेस स्वतन्त्रता सम्मान प्रदान गरेको छ ।
विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा काठमाण्डौमा आयोजित एक कार्यक्रमका बीच महासङ्घले कम्यूनिकेसन कर्नरका कार्यकारी अध्यक्ष गोपाल गुरागाईं, नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष धर्मेन्द्र झा र पत्रकार संगीता लामालाई प्रेस स्वतन्त्रता सेनानी सम्मान प्रदान गरेको हो ।
सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बाँस्कोटा, पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यलगायतले सम्मान गर्नु भएको थियो ।
कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले संचार माध्यामहरुले बाटो बिराएको टिप्पणी गर्नु भएको छ ।
मन्त्री बाँस्कोटाले लोकतान्त्रिक मूल्य र मान्यता स्थापित गराउने आन्दोलनको अगुवाई गरेको कम्युनिष्ट पार्टी नेतृत्वको सरकारलाई समेत लोकतन्त्रविरोधी देखाउने प्रयास गरिएको भन्दै संचार माध्यामहरुप्रति गुनासो पनि गर्नुभयो ।
विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर शुक्रबार काठमाण्डौमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले संविधानले पूर्ण प्रेस स्वतन्ताको प्रत्याभूति गरेको उल्लेख गर्दै त्यसको प्रयोगमा संकुचन वा कमजोर बनाउने काम हुनै नसक्ने पनि दोहोर्याउनुभयो ।
नागरिक स्वतन्त्रता र प्रेस स्वतन्त्रता नेपालको इतिहास, भूगोल, खुलापनका कारण पनि संकुचन हुनै नसक्ने मन्त्री बास्कोटाको तर्क छ । मन्त्री बास्कोटाले संविधानको मूलभूत मान्यताभन्दा बाहिर गएर कानुन बनाउने आशंका नगर्न पनि सबैलाई आग्रह गर्नु यो । सरकार लोकतन्त्रको विश्वव्यापी मान्यतामा एकाकार र सहमत भएर अघि बढन प्रतिवद्ध रहेको पनि मन्त्री बाँस्कोटाले बताउनुभयो ।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले प्रेसमैत्री कानुन निर्माण गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो । उहाँले प्र्रेस स्वतन्त्रता सुनिश्चित गर्नु आज पनि चुनौतिको रुपमा रहेको पनि दोहोर्याउनु भयो । अध्यक्ष आचार्यले प्रेस स्वतन्त्रको रक्षाका लागि जवाफदेही भएर पत्रकारिता गर्नुपर्ने आवश्यक्ता पनि औँल्याउनुभयो ।
कार्यक्रममा मन्त्री बास्कोटाले दक्षिण एसियाली प्रेस स्वतन्त्रतासम्बन्धि प्रतिवेदन पनि सार्वजनिक गर्नु भएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।