प्रियंका, दीपिका र सारा बने ‘इन्स्टाग्रामर अफ द इयर २०१९’

 बैशाख २०, २०७६ शुक्रबार १३:४४:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

भारतमा बलिउड अभिनेत्री प्रियंका चोपडालाई ‘इन्स्टाग्रामर अफ द इयर २०१९’ रुपमा चुनिएको छ ।

३९ करोड फलोअर भएकाे प्रियंका चोपडाको इन्स्टाग्राम अकाउन्ट अत्यधिक फलो गरिने अकाउन्ट बनेको छ । प्रियंका चोपडासहित अभिनेत्री दीपिका पादुकोण र भर्खरै बलिउडमा पाइला टेकेकी अभिनेत्री सारा अली खानलाई पनि ‘इन्स्टाग्रामर अफ द इयर २०१९’ चुनिएको छ । 

 
यी तीन जना अभिनेत्री वर्षभर नै इन्स्टाग्राममा सबैभन्दा बढी व्यस्त र सक्रिय रहे । साथै भारतमा यी तीनजना अभिनेत्रीहरुका साथ फलोअरहरुको सक्रियता अत्यधिक रहेको बताइएको छ ।

अभिनेत्री दीपिका पादुकोणले भनेकी छिन्, ‘म मेरा दर्शक तथा प्रशंसकहरुसँग जिउन, हाँस्न, माया गर्न र उनीहरुसँग मेरा कुराहरु शेयर गर्नका लागि हरेक दिन इन्स्टाग्राम प्रयोग गर्छु । मेरा लागि उनीहरु धेरै महत्व राख्छन् । उनीहरुको साथ र मायाको लागि म आभारी छु ।’



सन् २०१८ मा फिल्म ‘केदारनाथ’ बाट बलिउड डेब्यू गरेकी अभिनेत्री सारा अली खानले त्यस पछि मात्रै इन्स्टाग्राममा डेब्यू गरेकी थिइन् । साराले छोटो समयमा नै सामाजिक सञ्जालमार्फत दर्शक तथा प्रशंसकहरुको अत्याधिक साथ र हौसला पाइरहेकी छिन् ।

उनी भन्छिन्, ‘इन्स्टाग्राम एउटा यस्तो प्लेटफर्म हो जहाँ मलाई म जस्तो छु, त्यस्तै रहन र यसको माध्यमबाट म सिधै दर्शकहरुसँग जोडिन सक्छु ।’
 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया