करेन्ट लागेर युवकको ज्यान गयाे

 वैशाख २०, २०७६ शुक्रबार १४:५३:७ | उज्यालो सहकर्मी
unn.prixa.net

डडेल्धुरा - डडेल्धुरामा बिहीबार करेन्ट लागेर एक जनाको ज्यान गएको छ ।

अमरगढी नगरपालिका-१, दह भेटामा लत्रिएको बिजुलीकाे तार छुँदा स्थानीय १७ वर्षीय तेजबहादुर ऐरको करेन्ट लागेर घटनास्थलमै ज्यान गएको हो । 

काँचो काठ बोकेर ल्याउने क्रममा काठले १३३ केभीको चमेलिया जलविद्युत आयोजनाकाे बिजुलीको तारमा छुँदा करेन्ट लागेर उनको ज्यान गएको जिल्ला प्रहरीका कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर केसीले जानकारी दिनुभयाे ।

उनको मृत्युपछि स्थानीयले विद्युत प्राधिकरण वितरण केन्द्रको लापरबाहीले करेन्ट लागेको भन्दै भीमदत्त राजमार्गको स्याउले नजिक बिहिबार बेलुकादेखि १० घण्टा सडक बन्द गरे ।

मृतमका परिवारलाई विद्युत प्राधिकरण वितरण केन्द्र डडेल्धुराले क्षतिपूर्ति दिने सहमतिपछि भिमदत्त राजमार्ग  शुक्रबार बिहान ४ बजे खुलेकाे छ ।

स्थानीयले सडक बन्द गरेपछि तराईबाट ७ पहाडी जिल्लामा आवत जावत गर्ने सवारीका साधनहरु रोकिँदा यात्रुहरु बिहिबार रातभर अलपत्रमा परेका थिए । 


 

अन्तिम अपडेट: फागुन १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया