दिनेश एफएममा कार्यरत पत्रकार विष्टमाथि कुटपिट

 बैशाख २२, २०७६ आइतबार २०:७:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

कैलाली - दिनेश एफएम र खबरमा कार्यरत पत्रकार जनक विष्टमाथि कुटपिट भएको छ ।

दिनेश सञ्चार गृहमा सहायक सम्पादकमा कार्यरत विष्टमाथि धनगढीका व्यापारी तेजेन्द्रबहादुर थापाले कुटपिट गरेका हुन् । थापा तत्कालीन एमालेको जिल्ला कमिटी सदस्य पनि हुन् ।

धनगढीको मुख्य बजारमा रहेको त्रिनगर माविले भाडामा दिएका सटरको रिपाेर्टिङ गर्न गएको बेला त्रिनगरकै भवनको सटरमा व्यवसाय गरिरहेका थापाले गालीगलौज गर्दै कुटपिट गरेका पत्रकार विष्टले बताएका छन् ।

थापाले त्रिनगर माविको प्रधानाध्यापकको कार्यकक्षमा जानकारी लिइरहेको बेला एक्कासी आएर विष्टमाथि कुटपिट गरेको सँगै रहेका अर्का पत्रकार कैलाश जोशीले बताउनुभयाे । त्रिनगरका केही सटरको भाडा निकै न्यून र केहीको धेरै बढिरहेको गुनासो आएपछि विष्ट रिर्पोटिङका लागि विद्यालयमा गएका थिए ।

घटनाप्रति नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिले ध्यानाकर्षण भएको भन्दै दोषीलाई कारबाहीको माग गरेको छ ।

यस्तै महासंघका कैलालीले पनि दोषीमाथि कारबाहीको माग गरेको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया