इण्डियन प्रिमियर लिगको प्लेअफ समीकरण पूरा

 बैशाख २३, २०७६ सोमबार ६:४१:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

इण्डियन प्रिमियर लिग अन्तर्गत लिग चरण सकिएर प्लेअफको समीकरण पूरा भएको छ । प्रत्यक टिमले १४ खेल पूरा गरेका छन् । 

मुम्बइ इण्डियन्स, चेन्नइ सुपर किंग्स, दिल्ली क्यापिटल्स प्लेअफमा पुग्न सफल भएका छन् । शीर्ष तीनवटा टिमको समान १८ अंक छ । आइतबार जित हात पारेको मुम्बई शीर्ष स्थानमा उक्लिएको छ भने चेन्नइ पञ्जाबसँग पराजित भएका कारण दोस्रो सथानमा झरेको छ ।

दिल्ली क्यापिटल्स भने इलिमिनेटर खेल्ने भएको छ । जम्मा १२ अंक बनाएर प्लेअफमा पुग्न सफल अर्को टिम हो, हैदराबाद । कोलकाता नाइट राइडर्स मुम्बइ इण्डियन्ससँग पराजित भएपछि हैदराबादको भाग्य चम्किएको हो । उसले कोलकातालाई रनरेटमा पछि पार्दै प्लेअफको मौका पायो ।

लिग चरणको अन्तिम खेलमा मुम्बइले कोलकातालाई नौ विकेटको भारी अन्तरले हरायो । उसले २० ओभरमा सात विकेट गुमाउँदै १३३ रन बनाएको थियो । जसलाई मुम्बइले १६.१ ओभरमै एक विकेटको क्षतिमा प्राप्त गर्‍यो ।

मुम्बइका लागि क्वीन्टन डिककले ३०, रोहित शर्माले अविजित ५५ र सूर्यकुमार यादवले अविजित ४६ रनको योगदान दिए ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया