आर्सनलबाट राम्सेले लिए बिदा

 बैशाख २३, २०७६ सोमबार ८:७:२० | उज्यालो सहकर्मी
unn.prixa.net

आर्सनलका मिडफिल्डर आरोन राम्सेले प्रिमियर लिगबाट बिदा लिएका छन् । ११ वर्ष आर्सनलमा बिताएका राम्सेले युभेन्टसमा अुनबन्ध भएपछि आइतबार राति भएको लिगको अन्तिम खेलपछि भावुक भएर बिदाइ मागे । 

सन् २००८ मा आर्सनलमा अनुबन्ध भएका राम्सेसँगै पिटर चेक र डेनी वेलबेकले पनि घरेलु दर्शकबाट बिदाइ मागे । लिगको अन्तिम खेलमा ब्राइटोनसँग एक–एक गोलको बराबरी खेलेपछि शीर्ष चारको यात्रा समाप्त भएको आर्सनलको च्याम्पियन्स लिग खेल्ने सपना अधुरो बन्यो । 

यता १७ वर्षको उमेरमा कार्डीफबाट आर्सनलमा अनुबन्ध भएका राम्से यसैसिजनमा युभेन्टसमा अनुबन्ध भएका थिए । उनले बिदाइ समारोहमा आफू एउटा युवा केटाका रुपमा आर्सनलमा आएको र अहिले परिपक्ज भएर जादै गरेको बताए ।
 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया