फरक समूहको रगत चढाएपछि बालिकाको मृत्यु

 बैशाख २३, २०७६ सोमबार ११:५६:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा शल्यक्रिया गर्दा फरक समूहको रगत चढाइएको भनिएकी पाँच वर्षीया बालिकाको ज्यान गएको छ ।

मुटुको शल्यक्रिया गर्ने क्रममा अर्कै समूहको रगत चढाइएको दाबी गरिएकी सर्लाहीकी ५ वर्षकी आकृतिकुमारी साहको ज्यान गएको हो । 

ओ पोजेटिभ समूहको रगत आवश्यक पर्ने आकृतिको शल्यक्रिया गर्ने क्रममा चिकित्सकले ए पोजेटिभ रगत चढाएको परिवारले दाबी गरेको छ । परिवारले चिकित्सकीय लापरबाहीका कारण बालिकाको ज्यान गएको आरोप लगाएको छ । आकृतिको उपचारमा लापर्वाही गर्ने डाक्टरलाई कारबाही गर्नुपर्ने भन्दै प्रदर्शनमा उत्रिएका छन् । 

अस्पतालले भने घटनाको छानबिन भइरहेको बताएको छ ।  
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया