अब जनकपुर, वीरगञ्जमा आन्दाेलन भए गाेरखा चुप लागेर बस्दैन : उपेन्द्र यादव

 वैशाख २३, २०७६ सोमबार १५:२१:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - नवगठित समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले अब आन्दोलनले व्यापकता लिएको बताउनुभएको छ । 

नयाँ शक्ति पार्टी र समाजवादी फोरम नेपालबीच औपचारिक एकता घोषणासभामा नवगठित पार्टीका अध्यक्षसमेत रहनुभएका अध्यक्ष यादवले अब वीरगंज, जनकपुरमा आन्दोलन भयो भने गोरखा सुतेर नबस्ने बताउनुभयाे । उहाँले अब साेलुखुम्बुमा आन्दाेलन भए त्यसलाई वीरगञ्ज र जनकपुरले पनि साथ दिने बताउनुभयाे ।

मधेशका मुद्धा हरायो भनेर कसैले सोचेको छ भने त्यो हराएको नभई त्यसले झनै देशव्यापी रुप लिएको उहाँले दाबी गर्नुभयो । 

ठूला भनाउँदा दलहरुले राजनीतिक आन्दोलन सकिएको भने पनि अब शोसित पीडित र समाजवादको राजनीतिक आन्दोलन सुरु भएको बताउनुभयो ।  

कम्युनिष्ट भनिएका दलहरुले विकास र समृद्धिका गफ दिँदै गाडी दौडाउने भने पनि उनीहरुको विकास र समृद्धिको गाडी बस स्टेशनमा नै रोकिएर बसेको त्यहाँबाट अगाडि बढ्नै नसकेको पनि बताउनुभयो । अहिलेका कम्युनिष्टहरु कमाउनिष्ट भएकाे आराेप पनि यादवले लगाउनुभयाे । 
 

अन्तिम अपडेट: फागुन १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया