अवैध सुनसहित नेपाल एअरलाइन्सका कर्मचारी पक्राउ

 वैशाख २३, २०७६ सोमबार १५:२५:१६ | उज्यालो सहकर्मी

काठमाण्डाै - अवैध ३० तोला सुनसहित नेपाल एअरलाइन्सका १ जना कर्मचारी पक्राउ परेका छन । 

महानगरी प्रहरी परिसर, काठमाण्डाैले सोमबार पत्रकार सम्मेलन गरी अवैध ३० तोला सुनसहित त्रिभवन अन्तराष्ट्रिय विमानस्थलबाट नेपाल एअरलाइन्सका मेन्टिनेन्स ह्यांगरमा कार्यरत कर्मचारी रञ्जितकुमार यादवलाई नियन्त्रणमा लिइएको जानकारी गराएको हो ।

उनलाई आइतबार दोहाबाट आएको नेपाल एयरलाइन्सको फ्लाइटका यात्रु सिरहाका धर्मेन्द्रकुमार यादवले ल्याएको त्याे अवैध सुनसहित पक्राउ गरिएको वरिष्ठ प्रहरी उपरीक्षक बसन्तकुमार लामाले जानकारी दिनु भयो । उहाँले अनुसन्धानका क्रममा दोहाबाट नेपाल एअरलाइन्समा आउने यात्रुहरुलाई आर्थिक प्रलोभनमा पारेर अवैध सुन पठाउने गरेको पाइएको पनि बताउनुभयो । यात्रुहरुले ल्याएको अवैध सुन नेपाल एअरलाइन्सका कर्मचारी यादवले बुझ्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको छ ।

घटनाबारे थप अनुसन्धान भैरहेको पनि प्रहरीले जनाएको छ ।

 

अन्तिम अपडेट: फागुन १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • dhama paudyal

    May 6, 2019, 3:44 p.m.

    भोली बिहान प्रहरिको कोठा मा नै त्यो सुन फलाम बन्ने त होला । बिगत ले त त्यही देखाउछ ।हाम्रा प्रहरी र नेता बैज्ञानिक का पनि बाउ छन ।

  •  0 Reply

तपाईको प्रतिक्रिया