जापानको जङ्गलमा तीन दशकयताकै ठूलो डढेलो
फागुन १९, २०८१ सोमबार
काठमाण्डौ - संघीय समाजवादी पार्टी र नयाँ शक्ति पार्टीबीच एकीकरणपछि बनेको समाजवादी पार्टी नेपालको केन्द्रीय पदाधिकारी घोषणा गरिएको छ ।
एकतापछि बनेको पार्टीको केन्द्रीय अध्यक्षमा उपेन्द्र यादव र संघीय परिषदका अध्यक्षमा डा.बाबुराम भराई हुनुहुन्छ ।
यस्तै वरिष्ठ नेतामा अशाेक राई तथा पार्टीको सहअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठ रहनुभएको छ ।
उपाध्यक्षमा ८ जनालाई राखिएको छ । उपाध्यक्षमा नवराज सुवेदी, पर्शुराम खापुङ, युवराज कार्की, रकम चेम्जोङ, रेणुकुमारी यादव, हिसिला यमी, लालबाबु राउत र हेमराज राई रहनुभएको ।
यस्तै ३ जना महासचिवमा गंगानारायण श्रेष्ठ, रणध्वज कंङदङ्वा, रामसहायप्रसाद यादव हुनुहुन्छ ।
उपमहाचिवमा डम्बर खतिवडा, दानबहादुर विश्वकर्मा र प्रकाश अधिकारी गरी ३ जना नै रहनुभएको छ ।
पार्टीको सचिवमा संघीय सरकारका वर्तमान शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राई, दुर्गा सोब, परशुराम बस्नेत र प्रशान्त सिंह गरी ४ जना रहनुभएको छ ।
पार्टीको कोषाध्यक्षमा प्रदेश नम्बर २ का अर्थ मन्त्री विजय यादवले जिम्मेवारी पाउनुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।