एउटा दोकान थापिहालौँ, थोत्रो माल बेचिहालौँ भनेर च्याँखे थाप्न पार्टी एकता गरेको होइन : डाक्टर भट्टराई

 वैशाख २३, २०७६ सोमबार १६:५०:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - नवगठित समाजवादी पार्टी, नेपालका अध्यक्ष डा.बाबुराम भट्टराईले कसैसँग च्याखे थाप्न नभई समग्र अवस्थाको मुल्यांकन गर्दै पार्टी एकता गरेको बताउनुभएको छ । 

नयाँ शक्ति पार्टी र संघीय समाजवादी पार्टीबीचको औपचारिक एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै एकतापछि बनेको समाजवादी पार्टी, नेपालका संघीय परिषद्का अध्यक्षसमेत रहनुभएका डा.भराईले यस्तो बताउनुभएको हो । 

उहाँले आफूहरु एउटा दोकान थापिहालौँ न त, एउटा थोत्रो माल बेचिहालौँ न त भनेर च्याखे थाप्न पार्टी एकता गरेको नभई देशलाई नयाँ दिशा दिन एकता गरिएको प्रष्ट पार्नुभयो । 

आफूहरु त्यतिकै लहडमा लागेर एकता गरेको नभई पछिल्ला ज्ञान र विज्ञान र समय परिवेशको मूल्यांकन गरेर एकतालाई टुंगो लगाएको स्पष्ट पार्नुभयो । अहिले देशमा नेकपा नाम गरेको कम्युनिष्टको नाममा कमाउनिष्टहरुको हालिमुहाली देखिएको भन्दै त्यसलाई परास्त गर्न आफूहरु वैचारिक लडाइमा लागेको पनि बताउनुभयो ।  

अब कम्युनिष्टको नाम गरेर कमाउन पल्केकाहरुको समय धेरै नटिक्ने भन्दै अहिलेको नेकपाको धिपधिप गरेर बलेको बत्ति जस्तै रहेकाले कतिबेला निभ्छ भन्ने ठेगान नभएको बताउनुभयो । आफूहरुले राजनीतिक अधिकार स्थापित गर्ने सवालमा १० वर्षसम्म गरेको जनयुद्धकै माध्यमबाट व्यवस्था परिवर्तन गर्न सफल भएको उल्लेख गर्दै त्यही जनयुद्धको मुख्य नाइके प्रचण्ड अहिले फेरि पछाडि फर्केर सबै अधिकारहरु कुण्ठित गर्ने दिशामा केन्द्रीत रहेको जिकिर गर्नुभयो । 

नागरिकका अधिकार स्थापित गर्ने र व्यवस्था परिवर्तन गर्न मुख्य भूमिका खेलेको जनयुद्धलाई दुत्कार्ने, दमन गर्ने अनि आतंकवादी घोषणा गर्ने शक्तिसँग प्रचण्डले घाँटी जोडेर हिँड्नु जनयुद्धकै अपमान भएको पनि उहाँले बताउनुभयो । जनयुद्धका मुख्य नेता प्रचण्ड अहिले आएर २०५२ सालभन्दा पछाडि फर्कन खोजेको प्रष्ट भएको डा.भट्टराईले दाबी गर्नुभयो ।

तर जो सुकै पछाडि फर्के पनि नेपाली नागरिकका हक अधिकार स्थापित गर्ने सवालमा अनि त्यो आन्दोलनलाई निष्कर्षमा पुर्याउने सवालमा आफूहरु नयाँ तरिकाले अघि बढ्न अग्रगामी, प्रगतिशील कित्ताका दलहरुबीच एकता गरेर अघि बढेको पनि उहाँले स्पष्ट पार्नुभयो । 

अब बाँकी रहेका अधिकार प्राप्तिका लडाइले आफूहरुले निष्कर्षमा पुर्याउने पनि उहाँले प्रतिबद्धता जनाउनुभयो । आजको दिन यथास्थितिवादी र प्रतिगामिको कित्ता र अग्रगामी, प्रगतिशीलहरुको कित्ता काट गर्ने दिन रहेको भन्दै भट्टराईले आफूहरु प्रगतिशील बाटोमा अघि बढेको घोषणा गर्नुभयो । 

अन्तिम अपडेट: फागुन १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया