जापानको जङ्गलमा तीन दशकयताकै ठूलो डढेलो
फागुन १९, २०८१ सोमबार
काठमाण्डाै - नेपाली कांग्रेसले बुधबारदेखि राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने भएको छ ।
कांग्रेसले सोमबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरी आगामी बुधबारदेखि राष्ट्रिय जागरण अभियान सञ्चालन गर्न लागेकाे जानकारी दिएकाे हाे ।
वैशाख ११ गतेबाट सुरु हुने भनिएको जागरण अभियान नेता रामकृष्ण ताम्राकारको निधनका कारण स्थगित भएर बुधबारदेखि फेरि सुरु गर्न लागेकाे कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।
जागरण अभियानअन्तर्गत पहिलो चरणको कार्यक्रम एक महिनाको हुनेछ । वैशाख २५ गतेबाट जेठ २५ गतेसम्म सञ्चालन हुने पहिलो चरणको जागरण अभियान सबै जिल्लामा सञ्चालन गरिने पनि प्रवक्ता शर्माले जानकारी दिनुभयाे । अभियानका लागि पार्टीका केन्द्रीय सदस्यहरु जिल्ला जिल्लामा पुग्ने क्रम सुरु भैसकेको पनि प्रवक्ता शर्माले बताउनु भयो ।
यस्तै कांग्रेसको दोस्रो चरणको जागरण अभियान भदौ २४ गते बीपी जयन्तिको अवसर पारेर सुभारम्भ गरिने पनि जानकारी दिइएकाे छ । असोज १० गते सम्पन्न हुने दोस्रो चरणको जागरण अभियान ३ सय ३० वटै प्रदेश निर्वाचन क्षेत्रमा सञ्चालन हुने पनि प्रवक्ता शर्माले बताउनु भयो ।
हिमाल, पहाड, तराई–मधेश र प्रवासमा समेत सञ्चलन हुने अभियान अन्तर्गतको तेस्रो चरणको कार्यक्रम आगामी पुस ७ गते सुरु भई पुस १६ गते राष्ट्रिय मेलमिलाप दिवसको दिन सम्पन्न गर्ने कांग्रेसले जनाएको छ ।
प्रवक्ता शर्माका अनुसार तीनै चरणको जागरण अभियानमा पार्टीका केन्द्रीय नेताहरु परिचालन हुनेछन । नेपाली कांग्रेसले बुधबारबाट सुरु हुने तीन चरणको जागरण अभियानमा उत्साह र जाँगरका साथ सहभागी हुन पार्टीका सबै नेता, कार्यकर्तालाई आह्वान गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।