साेमबारदेखि रमजान सुरु

 वैशाख २३, २०७६ सोमबार २०:२४:९ | उज्यालो सहकर्मी
unn.prixa.net

बाँके - इस्लाम धर्मावालम्बीहरुको पवित्र महिना रमजान सोमबारदेखि सुरु भएको छ । 

सोमबार रातिदेखि रमजानको विशेष नमाज (तराबी) सुरु भएको मुस्लिम अगुवा हाजी शकील अहमद कादरीले जानकारी दिनुभयो ।

सोमबार सूर्यास्तपछि रमजानुल महिना सुरु भएको हो । रमजानको रोजा भने मङ्गलबार बिहानदेखि सुरु हुनेछ ।

हिजरी सम्वतको ८ औंँ महिना रजबुल मुरज्जबको समाप्तीको भोलीपल्टदेखि रमजानुल मुबारकको महिना सुरु हुन्छ । अन्तिम दिन ईद मनाएपछि रमजान सकिन्छ । 

रमजानको महिनामा इस्लाम धर्मावलम्बीहरु बिहान सूर्य उदाएदेखि सुर्यास्त नहुँदासम्म प्रत्येक दिन एक महिनासम्म केही नखाइ ब्रत बस्ने गर्छन् ।

हिजरी सम्वतको १२ महिनामध्ये रमजानुल मुबारक पवित्र र एवादत (उपासना) गर्ने महिनासमेत हो । रमजान महिनामा दिनभरीको रोजा समाप्त गर्ने बेलामा सामूहिक रुपमा बसेर खाने प्रचलन रहेको छ ।

ईदको अवसरमा इस्लाम समुदायको घरमा मिठामिठा परिकारहरु बनाएर खाने र खुवाउने प्रचलन छ ।  

अन्तिम अपडेट: फागुन १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया