बैतडीका ८४ वडा मध्ये ३२ वडामा आफ्नै कार्यालय भवन नहुँदा समस्या

 वैशाख २४, २०७६ मंगलबार ७:०:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

बैतडी – ८४ वडा मध्ये ३२ वडाले कार्यालय भवनको समस्या झेलिरहेका छन् । ३२ वडामा पुराना भवन समेत नहुँदा भाडामा कार्यालय राखेर सेवा दिइरहेको वडा कार्यालयहरुले जनाएका छन् । वडाका आफ्नै भवन नहुँदा सेवा प्रवाहमा समस्या भइरहेको सुर्नया गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष दिनेश भट्टले जानकारी दिनुभयो ।

वडामा भाडाका भवन समेत नपाउँदा वडा नं २ को कार्यालयबाट वडा नं ३ ले सेवा दिइरहेको मेलौली नगरपालिका वडा नं ३ का अध्यक्ष रघुबीर भाटले बताउनुभयो । १० ओटा स्थानीय तह रहेको बैतडीमा पञ्चेश्वर गाउँपालिका बाहेक अन्य स्थानीय तहका विभिन्न वडा आफ्नै भवनविहिन छन् । सदरमुकामको नगरपालिकाको रुपमा रहेको दशरथचन्द नगरपालिकाको वडा नम्बर ७ को पनि आफ्नै भवन नभएको नगर प्रवक्ता एवं वडा नम्बर ७ का वडा अध्यक्ष चक्रप्रसाद शर्माले जानकारी दिनुभयो ।

यस्तै पाटन नगरपालिकाको वडा नम्बर ९, सिगास गाउँपालिकाको वडा नम्बर १, ३, ५, ७ र ९ सुर्नया गाउँपालिकाको वडा नम्बर ३, ५, ६ र ८ ले भवनको समस्या झेलिरहेका छन् । यस्तै पुरचौँडी नगरपालिकाको २, ३, ४ र ९ नम्बर वडा, शिवनाथ गाउँपालिकाको वडा नं १, ३, ४, ५ र ६ नम्बर वडाहरु भाडाका भवनमा सञ्चालन भइरहेका छन् । 

यसैगरी दोगडाकेदार गाउँपालिका वडा नम्बर २, ४, ६ र ७ का कार्यालयहरु भाडाका भवनमा छन् मेलौली नगरपालिकाका १, ३, ४, ५, ६ र ८ नम्बर वडाका कार्यालयहरु भाडाकै भवनमा छन् । डिलाशैनी गाउँपालिकाका वडा नं १ र ५ सँग आफ्नो भवन नभएको गाउँपालिकाका प्रवक्ता अक्कल रानाले बताउनुभयो ।

भवन भएका अधिकांश वडाका भवनहरु पनि जीर्ण रहेका स्थानीय तहहरुले जनाएका छन् । साथै आफ्ना भवन नहुँदा सेवा प्रवाहमा समेत समस्या भइरहेको सम्बन्धित वडा कार्यालयहरुले बताएका छन् ।
 

अन्तिम अपडेट: फागुन १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया