काठमाण्डौमा हैजाका बिरामी भेटिए

 वैशाख २४, २०७६ मंगलबार ११:४९:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काठमाण्डौमा हैजाका बिरामी भेटिएका छन् । ताहाचलका ४१ वर्षका पुरुषमा हैजा भएको पुष्टि भएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले जनाएको छ । 

अस्पतालका अनुसार यो वर्ष समय अघि नै हैजाका बिरामी भेटिएको हो । सामान्यतया हैजा बर्खा सुरु भएपछि साउन महिनापछि देखा पर्ने गरेकोमा यो वर्ष वैशाखको मध्यमै देखिएको हो । हैजा लागेपछि पातलो दिसा हुने र बान्ता हुने तथा मांसपेसी बाउँडिने समस्या देखिन सक्ने डाक्टरले बताएका छन् ।

हैजाका कारणले लाग्ने पखालाले केही घण्टाभित्रै गम्भीर जलवियोजन तथा इलेक्ट्रोलाइटको असन्तुलन गराएर आँखा गढ्ने, छाला चिसो हुने, छालाको लचकतामा कमी आउने तथा हातगोडा चाउरी परेर जाने पनि हुन सक्छ । 

शरिरमा भएको जलवियोजनका कारण छाला निलो भएर जान सक्छ हैजाको कीटाणु शरीरमा प्रवेश गरेको दुई घण्टादेखि पाँच दिनसम्ममा लक्षणहरू देखिने सरुवा रोग विशेषज्ञ शेरबहादुर पुनले बताउनुभयो । 

विचार नपुर्याउँदा ज्यानै जान सक्ने भन्दै खानपानमा ख्याल गर्न उहाँको सुझाव छ । राम्रोसँग नपाकेको खानाले पनि हैजा हुने भएकाले निर्मलीकरण गरिएको वा उमालेको पानी मात्र पिउने, सडेगलेका खानेकुरा नखाने गर्नाले पनि हैजा लाग्नबाट बच्न सकिने डाक्टर पुनको भनाइ छ । 

अन्तिम अपडेट: फागुन १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया