गोरखापत्र संस्थानकाे घर बाख्राको खोरजस्तै : सञ्चारमन्त्री बाँस्कोटा

 वैशाख २४, २०७६ मंगलबार १३:४:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले गोरखापत्र संस्थानको काम कारबाहीप्रति असन्तुष्टि व्यक्त गर्नु भएको छ ।

मन्त्री बास्कोटाले गोरखापत्र संस्थानको काममा तत्काल सुधार नभए कर्मचारीहरुको विकल्प खोज्ने चेतावनी समेत दिनुभयो । उहाँले गोरखापत्र संस्थानमा कार्यरत कर्मचारीहरुलाई उत्साहका साथ काम गर्न निर्देशन दिँदै त्यसमा सुधार नभए पेन्सन रोक्का गर्नुपर्ने अवस्था आउनेतर्फ पनि सचेत गराउनु भयो ।

गोरखा पत्र प्रकाशनको १ सय १९ औँ वर्ष प्रवेश तथा चौथो राष्ट्रिय पत्रकारिता दिवसको अवसर पारेर मंगलबार काठमाण्डौमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले पेन्सन खाने तर गोरखा पत्र संस्थानको काममा सुधार नहुने कुरालाई अन्त्य गरेर अघि बढने योजना पनि अघि सार्नु भयो ।

गोरखा पत्र संस्थानको घरलाई ‘बाख्राको खोर’को संज्ञा दिँदै मन्त्री बास्कोटाले त्यसलाई भत्काएर नयाँ भवन निर्माण गर्ने पनि बताउनु भयो । ‘गोरखापत्र संस्थापनको बाख्राको खोरजस्तो कार्यालय भत्काएर अर्को बनाउनेदेखि लिएर सबै कुरा प्लानिङका साथ अघि बढ्ने छ’ मन्त्री बास्कोटाले भन्नुभयो ।

मन्त्री बास्कोटाले गोरखापत्र संस्थानलाई पढौँ–पढौं लाग्ने बनाउन इमान्दार भएर काम गर्न पनि कर्मचारीहरुलाई सचेत गराउनुभयो । गोरखा पत्र संस्थान चुनौतिको घेरामा रहेको उल्लेख गर्दै मन्त्री बास्कोटाले त्यसलाई मुनाफामा परिणत नगरेसम्म सरकारले त्यहाँका कर्मचारीहरुलाई थप सुविधा दिन नसक्ने पनि स्पष्ट पार्नुभयो ।

मन्त्री बाँस्कोटाले इमान्दार भएर काम गर्नु नै लोकतन्त्र भएको उल्लेख गर्दै त्यसैबाट मात्रै हरेकको सम्मान हुने पनि बताउनुभयो । कार्यक्रममा मन्त्री बाँस्कोटाले कामै नगरेको भन्दै हुलाक कार्यालयप्रति पनि आक्रोश व्यक्त गर्नुभएको थियो ।

अन्तिम अपडेट: फागुन १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया