काठमाण्डाै धुलाेमुक्त बनाउन नसक्ने सरकारकाे राजमार्गमा हवाई जहाज ल्याण्ड गराउने कुरा : नेता सिंह

 वैशाख २४, २०७६ मंगलबार १३:१४:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले बजेटको अवस्था नहेरी नीति तथा कार्यक्रम ल्याएको भन्दै सरकारको चर्को आलोचना गर्नु भएको छ ।

कांग्रेस नेता सिंहले सरकारले ल्याएको नीति तथा कार्यक्रममा समावेश गरिएका नारा राम्रो भए पनि त्यसलाई कार्यान्वयन गर्ने स्रोत र साधन भने नभएको पनि स्पष्ट पार्नुभयो ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उहाँले आगामी ४ वर्षभित्र दोहोरो आर्थिक वृद्धिदर कायम गर्ने लक्ष्य नीति तथा कार्यक्रममा भएपनि त्यसका लागि स्रोत र साधनको व्यवस्था गर्न भने सरकारले गर्न नसकेको पनि बताउनु भयो । देशलाई सन् २०३० भित्र मध्यम आए भएको देश बनाउन तत्कालका लागि झण्डै १४ खर्ब बजेट थप चाहिने भए पनि सरकारले त्यो बजेट कहाँबाट ल्याउने ? भनि कुनै योजना नीति तथा कार्यक्रममा समावेश गर्न नसकेको नेता सिंहको भनाइ छ ।

नेता सिंहले काठमाण्डौलाई धुलोमुक्त बनाउन नसक्ने सरकारले राजमार्गमै हवाई जहाज ल्याण्ड गराउने योजना सारेको भन्दै असन्तुष्टि पनि व्यक्त गर्नु भयो । उहाँले सरकारको नीति तथा कार्यक्रम माध्यामिक तहका तेज विद्यार्थीले लेखेको निबन्ध जस्तो भए पनि त्यसको कार्यान्वयनका लागि विश्वसनीय आधार नभएको पनि बताउनु भयो ।

अन्तिम अपडेट: फागुन १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया