जापानको जङ्गलमा तीन दशकयताकै ठूलो डढेलो
फागुन १९, २०८१ सोमबार
काठमाण्डौ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले प्रधानमन्त्री न्यायाधीश बन्न खोजेको भन्दै आपत्ति जनाउनुभयो ।
भ्रष्टाचार नियन्त्रण गर्छु, सुशासन कायम गर्छु भनेर प्रधानमन्त्री कहिल्यै नथाक्ने भन्दै उहाँले तर व्यवहारमा भने भ्रष्टाचारमा नाम मुछिएकाहरुलाई न्यायाधीश जसरी उन्मुक्ति दिने काम गरेको भन्दै आपत्ति जनाउनुभयो ।
सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै उहाँले खुलामञ्च, बालुवाटार अर्केले लगिसकेको र वाइडबडीका बारेमा अझैसम्म सरकारले केही नगरेको बरु उल्टै त्यस्ता काण्डमा संलग्न आरोप लागेकालाई प्रधानमन्त्रीले नै निर्दोष छ भन्दै बचाउन लाग्नु आपत्तिजनक काम भएको बताउनुभयो ।
नेता खाँडले ठूलाठूला प्रकरणमा मुछिएकाहरुलाई निर्दोष भन्ने अधिकार प्रधानमन्त्रीलाई कसले दियो भन्दै प्रश्न गर्नुभयो ।
‘प्रधानमन्त्रीलाई न्यायिक फैसला गर्ने अधिकार छ ? जसलाई न्यायिक फैसला गर्ने अधिकार नै छैन, उसले फलानोमा निर्दोष । बालुवाटार जग्गामा निर्दोष । वाइडवडीमा निर्दोष भन्न पाउँछ,’ उहाँले प्रश्न गर्नुभयो ।
नीति तथा कार्यक्रममा गर्नै नसक्ने कार्यक्रमहरु ल्याएर सरकारले दिउँसै सपना देख्ने काम गरेको भन्दै त्यसो नगर्न सुझाव पनि दिनुभएको हो ।
संविधानको मर्म विपरित राष्ट्रपतिले सम्बोधनका क्रममा पटक–पटक मेरो सरकार भनी सम्बोधन गरेकोमा पनि उहाँले आपत्ती जनाउनुभयो । संविधानमा गरिएको व्यवस्थाको फेयरिस्त प्रस्तुत गर्दै उहाँले मेरो सरकार भनी गरिएको सम्बोधन संविधान विपरित भएकाले संसोधन गर्न माग पनि गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।