च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
नेपाल महिला फुटबलर सावित्रा भण्डारीको ह्याट्रिकको सहयोगमा सेथु एफसीले भारतमा जारी महिला लिगको पहिलो खेलमा जित निकालेको छ । सावित्राकाे सानदार प्रदर्शनमा सेतु एफसीले मणिपु पुलिसलाई ६-४ ले हरायाे ।
पहिलो पटक भारतीय लिग खेल्न गएकी सावित्राले मणिपुर पुलिस स्पोर्टस क्लवविरुद्ध खेलको ३५ मिनेट भित्र नै ह्याट्रिक गर्न सफल भइन । उनले खेल सुरु भएको २९ सेकेण्डमा नै गोल गर्दै टिमलाई अग्रता दिलाएकी थिइन् । त्यसपछि १६ औंँ मिनेटमा उनले गोलकिपर अगाडि बढेको मौकाको फाइदा उठाउँदै एक्रोब्याटिक सट प्रहार गर्दै गोल गर्न सफल भइन् ।
त्यसपछि ३४ औं मिनेटमा फेरि उनले एकल प्रयासमा गोल व्यक्तिगत ह्याट्रिक तथा टिमका लागि तेस्रो गोल गरिन् । त्यसपछि सेथुले अर्को गोल गर्दा दुई गोल खान पुग्यो । जसका कारण पहिलो हाफमा चार-दुईको अग्रता लिन सफल भयो । दोस्रो हाफमा सावित्रा र अनिता बस्नेतको टिम सेथुले थप दुई गोल गर्दा २ गोल खान पुग्यो ।
नेपाली महिला फुटबलरले पहिलो पटक भारतीय भूमिमा फुटबल लिग खेलिरहेका छन् । यसअघि सावित्रा र अनिता माल्दिभ्समा फुटसल लिग खेलेका थिए । सावित्रा प्लेयर अफ् द म्याच पनि बन्न सफल भइन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।