खोटाङमा प्रहरीले रोक्यो बालविवाह

 वैशाख २४, २०७६ मंगलबार १३:४७:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

खोटाङ – खोटाङमा प्रहरीले बाल विवाह रोकेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेमा २० वर्ष उमेर नपुग्दै किशोरीको विवाह हुन लागेको जानकारी प्राप्त भएपछि प्रहरीले रोकेको हो ।

कक्षा १० मा अध्ययनरत १५/१६ वर्षकी बालिकाको भोजपुरको टेम्के मैयूँ गाउँपालिका–६ का युवकसँग विवाहको तयारी भइरहेको जानकारी आएपछि सोमबार राति प्रहरी पठाएर विवाह रोकिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरिक्षक केशवकुमार कट्वालले बताउनुभयो । 

प्रहरीले विवाह रोकेपछि जन्ती बेहुलीबिनै फर्किएको छ । विवाह घरबाट फर्किएको जन्ती अर्की बेहुली लिएर मात्र फर्कने तयारी गरिरहेको स्थानीयले बताएका छन् ।

मुलुकी अपराध संहितामा केटा वा केटीले २० वर्ष नपुगी विवाह गरेमा बालविवाह ठहरिने र त्यस्ता विवाह स्वतः बदर हुने व्यवस्था छ । 

अन्तिम अपडेट: फागुन १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया