सरकारले देश बनाउने सपना देखेको छ : प्रधानमन्त्री ओली

 वैशाख २४, २०७६ मंगलबार १३:५४:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले राति देख्ने सपना नभई देश बनाउने सपना देखेको बताउनुभएको छ । 

सरकारले ल्याएको नीति तथा कार्यक्रमका बारे उठेका प्रश्नहरुको जवाफ दिँदै उहाँले सपना राति मात्रै देख्ने कुरा हो भन्ने कसैलाई लागेको हो भने त्यसो नभई आफूहरुले देश बनाउने अठोटको सपना देखेको बताउनुभयो । 

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘यहाँ देश बनाउने कुराको सपना हो । भविष्यको सपना हो । निदाएको बेला देख्ने सपनाको कुरा गरेको होइन । जागै हुँदा देख्ने सपना हो ।’ 

शहीदका सपना पूरा गर्ने अठोटलाई कसैले रातमा देख्ने सपनाको रुपमा चित्रित गर्नु उचित नहुने भन्दै शहीदका सपना भनेको निदाएर घुरेर देख्ने सपना नभएको प्रष्ट पार्नुभयो ।  

देश कहाँ पुग्ने, कस्तो बनाउने भन्ने आकांक्षा बोकेर त्यसलाई पूरा गर्ने अठोटलाई सपनाको रुपमा आफूहरुले लिएर हिँडेको पनि उहाँले बताउनुभयो ।  हामी कति समयमा कहाँ पुग्छौँ भन्ने तय गरेको भन्दै दिगो विकासको लक्ष्य सबैले देखेको सपना भएको पनि उहाँले उल्लेख गर्नुभयो ।  हामीले देश बनाउने अठोटको कुरो गरेको भन्दै नीति कार्यक्रमले देश बनाउने सपना देखाएको बताउनुभयो ।  

नीति कार्यक्रम बडो सोच विचार गरेर तय गरेको सपनाको दस्तावेज भएको भन्दै त्यो देखेको मात्रै नभई एउटा सोचको रुपमा विकास गरेको पनि उल्लेख गर्नुभयो ।  

प्रतिपक्षीले नीति तथा कार्यक्रमलाई एउटा निबन्ध भन्नु आवश्यक संशोधन गर्नुपर्ने केही पनि नरहेकाले त्यस्तो टिप्पणी गरेको भन्ने रुपमा आफूले बुझेको पनि उहाँले बताउनुभयो । 
 

अन्तिम अपडेट: फागुन १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया