जापानको जङ्गलमा तीन दशकयताकै ठूलो डढेलो
फागुन १९, २०८१ सोमबार
काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले केहीले संविधान संशोधनलाई जुनसुकै मौसममा पनि गाउने गीतजस्तो बनाएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ ।
सरकारले ल्याएको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उहाँले केहीले संविधानको सर्वस्वीकार्यताको प्रश्न उठाएको भन्दै यस्तो असन्तुष्टि व्यक्त गर्नुभएको हो ।
संविधान असंशोधनीय दस्तावेज नभई औचित्यको आवश्यकताअनुसार संशोधन गर्न सरकार जहिल्यै पनि तयार रहेको बताउनुभयो । नागरिकका आवश्यकता, देशको भलाइका लागि संविधान संशोधन गर्न सरकार जहिले पनि तयार रहेको भन्दै कुनै एउटा सेक्टर र विद्वेष फैलिने गरी संशोधन हुन नसक्ने पनि प्रष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, ‘संविधान संशोधन गर्न नसकिने विषय होइन । तर यो कुनै लहडको विषय पनि होइन । राम्रा उदेश्यका लागि जहिल्यै पनि संशोधन हुन्छ, गर्न सकिन्छ ।’
के–के विषयमा संशोधन गर्ने भन्नेबारे छलफल गरेर अघि बढ्न तयार रहेको भन्दै लोकतन्त्र र समृद्धिको पक्षमा आवश्यक भए संशोधन गरेर अघि बढ्न आफूहरु तयार रहेको प्रष्ट पार्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।