जापानको जङ्गलमा तीन दशकयताकै ठूलो डढेलो
फागुन १९, २०८१ सोमबार
काठमाण्डौ - प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्पतिले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दा मेरो सरकार भनेर उच्चारण गर्नुलाई उचित सम्बोधन भएको बताउनुभएको छ ।
सरकारले ल्याएको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उहाँले नीति तथा कार्यक्रममा मेरो सरकार भन्ने शब्द भुलचुकले परेको नभइ सुविचारी ढंगले जानीबुझि राखेको पनि प्रष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, ‘मेरो सरकार भन्ने शब्द भुलचुकले होइन, सुविचारी ढंगले जानीबुझी राखेको शब्द हो ।’
साथीहरुले मेरो सरकार भन्ने शब्दलाई मात्रै ध्यान दिएको भन्दै यसले पहाड खनेर मुसो पनि ननिस्कने जस्तो कुरा भएको उल्लेख गर्नुभयो । सम्माननीय राष्ट्पतिले मेरो सरकार भन्नु कुनै अचम्मको विषय नभई संसारभरको अभ्यास अनुसार नै भएको पनि प्रष्ट पार्नुभयो ।
साथिहरुले पोहोर त यस्तो थिएन भन्नुभयो तर हामी विगतका नमिलेका कतिपय कुराहरुलाई मिलाउँदै अघि बढेको भन्दै अन्तरराष्ट्रिय अभ्यास अनुसार नै यस्तो सम्बोधन भएको बताउनुभयो ।
‘मेरो देश, मेरो सरकार भनेर राष्ट्पतिले ढुक्कले भन्ने हो,’ उहाँले भन्नुभयो, ‘राष्ट्पतिले मात्रै होइन तपाई हामी सबैको होइन र यो देश, यो सरकार ?’
राष्ट्रपति देशकै अभिभावक रहेकाले आफूभन्दा मातहतको सरकारलाई मेरो सरकार भन्नु नाजायज नरहेको स्पष्ट पार्नुभयो । लोकतन्त्रमा मेरो सरकार भन्न पाईँदैन भन्ने नभई लोकतन्त्रमा हामी सबैको सरकार हो भन्न पाउने विधि स्थापित गर्न खोजेको उहाँले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।