जापानको जङ्गलमा तीन दशकयताकै ठूलो डढेलो
फागुन १९, २०८१ सोमबार
काठमाण्डौ – सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि उठेका जिज्ञासाको प्रधानमन्त्रीले जवाफ दिएपछि प्रधानमन्त्रीको जवाफमा फेरि सांसदहरुले प्रश्न तेर्साएका थिए ।
सांसदहरुले तेर्साएको प्रश्नको जवाफ दिन रोस्ट्रम पुग्नुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले ‘आक्रोश, कुन्ठा र निम्छरो अभिव्यक्तिहरुलाई वास्ता नगरेर प्रश्नहरुको जवाफ दिन्छु’ भनेपछि संसदमा हंगामा हुन पुग्यो ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले सांसदहरुले उठाएका जिज्ञासालाई आक्रोश, कुण्ठा भनेर प्रधानमन्त्रीले अपमान गरेको भन्दै नाराबाजी गरेका थिए । कांग्रेस सांसदहरु उठेर टेबल र माइक ठटाउन थालेका थिए । कांग्रेस सांसद मिनेन्द्र रिजालले प्रधानमन्त्रीले पदीय गरिमा नराखेको भन्दै विरोध गरिरहनुभयो ।
कांग्रेस सांसदहरुले प्रधानमन्त्रीको अभिव्यक्तिले संसदको अपमान गरेको भन्दै त्यसलाई रेकर्डबाट हटाउन माग पनि गरेका थिए ।
त्यस क्रममा प्रतिपक्षी दलका सांसद र प्रधानमन्त्रीबीच सवालजवाफ बढ्दै गएपछि बैठक तनावपूर्ण बनेको थियो । सभामुख कृष्णबहादुर महराले त्यसप्रति आफ्नो ध्यानाकर्षण भएको भन्दै बस्न आग्रह गरे पनि कांग्रेस सांसदहरुले निरन्तर विरोध जारी राखे । जवाफ दिन रोष्ट्रममा उभिएका प्रधानमन्त्री ओलीले ‘प्रश्नको सीमा र मर्यादा हुन्छ’ भन्ने जवाफ दिनुभएको थियो ।
कांग्रेस सांसदको विरोधका कारण बहुमतले बैठकमा नीति तथा कार्यक्रम पारित गरिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।