जापानको जङ्गलमा तीन दशकयताकै ठूलो डढेलो
फागुन १९, २०८१ सोमबार
किशोरकिशोरीको स्वास्थ्य विकास एवं प्रवर्द्धन गर्नको लागि नेपाल सरकारले पूर्ण सहयोग नीति, कानुन निमार्ण तथा कार्यन्वयन गरेर उदाहरणीय उपस्थिति देखाएको छ ।
मंगलबार स्वास्थ्य मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाले आयोजना गरेको ‘राष्ट्रिय किशोरकिशोरी स्वास्थ्य तथा विकास रणनीति’ सार्वजनिक गर्ने कार्यक्रममा पन्धौं पन्चवर्षीय योजनाको आधारपत्रमा किशोरकिशोरीको यथेष्ट सम्बोधन गरिएको परिवार कल्याण महाशाखाले जनाएकाे छ ।
कार्यक्रममा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा गुणराज लोहनीले किशोरकिशोरी भोलिका कर्णधार भएकाले उनीहरुलाई सँधै स्वस्थ राख्नका
लागि सरकारले पूर्ण सहयोगका साथ नीति, कानुन निर्माण तथा कार्यान्वयन गरेर उदाहरणीय काम गरेको बताउनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा परिवार कल्याण महाशाखाका निर्देशक डा. आरपी बिच्छाले भन्नुभयाे, ‘किशोरकिशोरीको आवश्यकतालाई सम्बोधन गरेर सबै स्वास्थ्य केन्द्रमा उनीहरुको मानसिक र शारीरिक अवस्थालाई बुझ्न खोज्याैँ तर हामीले चाहे जस्तो नतिजा ल्याउन सकेका छैनौं । त्यसैले किशोरकिशोरीको स्वास्थ्यमा लगानी बढाउनुपर्छ ।’
प्रत्येक सरकारी विद्यालयमा एक जना नर्स राखिएको र यसले पक्कै लक्ष्यमा पुग्न सहयोग पुग्ने उहाँकाे दावी छ ।
तर एक जना नर्सले किशोरकिशोरीलाई सम्पूर्ण कुरा बुझाउन नसक्ने भएकाले पाठ्यक्रममा नै राख्नुपर्ने भए पनि हटाइएको चुनौतीको विषय बनेकाे सहभागीले दावी गरेका छन् ।
कार्यक्रममा सहभागीहरुले बढ्दो सामाजिक सञ्जालको दुरुपयोगले किशोरकिशोरीमा नकारात्मक असर पारेको र यस विषयलाई संम्वेदनशील रुपमा लिन सराेकारवालाहरुलाई आग्रह समेत गरेका छन्।
किशोरकिशोरी स्वास्थ्य तथा विकास गर्नमा अझै थुप्रै चुनौतीहरु रहेकाे सहभागीहरुले बताएका छन् ।
चुनाैतीहरु :
– समाजमा रहेका विद्यमान कुरीति, कुसंस्कारका कारण किशोरकिशोरीमा सेवा लिनमा, बालविवाह रोक्नमा कठिनाइ ।
– सामाजिक सञ्जालका प्रयोग बढ्दो मात्रामा छ, यसको गलत प्रयोगको कारणबाट किशोरकिशोरी खराब क्रियाकलापतर्फ आकर्षित हुन सक्ने खतरा ।
– कार्यक्रमको प्रभावकारिता मापन गर्नको लागि स्वास्थ्य व्यवस्थापन तथा सूचना प्रणालीमा समावेश भएका सूचकांकहरुले मात्रै कार्यक्रमको सम्पूर्ण प्रभावकारीता मापन हुन नसक्ने ।
– किशोरकिशोरीमैत्री सेवा पमाणित भएका स्वास्थ्य संस्थाहरुमा गुणस्तरीय सेवाको निरन्तरता ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।