जापानको जङ्गलमा तीन दशकयताकै ठूलो डढेलो
फागुन १९, २०८१ सोमबार
डडेलधुरा - महाकाली–जोगबुडा करिडोर सडकको मंगलबार औपचारिक रुपमा उदघाटन गरिएको छ ।
२०६६ सालदेखि सञ्चालित महाकाली करिडोर अन्तरगत दार्चुला-तिंकर सडक खण्डको सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री पठान सिंह बोहराले उदघाटन गर्नुभएकाे हाे ।
कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलाको तिङ्करसम्म त्रिदेशीय नाका छोएर जाने त्याे सडक ४२५ किलोमिटर रहेकोमा हालसम्म ८८ किलोमिटर मात्र ट्रयाक खुलेको छ ।
बैतडीको बाराकोट भट्टालामा १७ किलोमिटर, गाँजरी–सिल्लेक १७ किलोमिटर, सलेना–धर्मघर १० किलोमिटर र दार्चुलाको बेद–जोलजीवी १० किलोमिटर, दार्चुला–राताकाठा ७ किलोमिटर ट्रयाक खुलेको हो ।
अहिले जोगबुडा–कुणा–ब्रहम्देव १७ किलोमिटर मंगलबार सञ्चालनमा आएको छ ।
त्यस सडकको हालसम्म माथिल्लो भेगमा बैतडी, दार्चुलामा मात्रै यसभन्दा अघि केही कामहरु भएका थिए भने चालु आर्थिक वर्ष २०७५-०७६ मा डडेल्धुराको भित्री मधेश क्षेत्र परशुराम नगरपालिका–६ कुणादेखि १७ किलोमिटर काम हुने भएको छ ।
महाकाली–तिङ्कर करिडोर निर्माणका लागि बहुवर्षीय योजना अन्तरगत जम्मा १८ अर्ब रकम विनियोजन गरिए पनि हालसम्म ८० करोड रुपैयाँ बराबरको मात्रै काम भएको योजना प्रमुख अच्युत विशाल पन्तले जानकारी दिनुभयाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।