प्रेमगीत ३ मा नायिका हुन चाहनेकाे लाइन ! धेरै आवेदनले सर्भरसमेत डाउन

 बैशाख २४, २०७६ मंगलबार २०:५४:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सुपरहिट फिल्म सिरिज प्रेमगीत ३ खेल्न युवतीको चर्को प्रतिष्पर्धा देखिएको छ । आउँदो चैत २८ को रिलिज डेट तोकेर निर्माण हुन लागेको ‘प्रेमगीत ३’मा नयाँ नायिकाको खोजी भइरहेको छ ।

निर्माता सन्तोष सेनले केही दिनअघि ‘प्रेमगीत ३’ निर्माणको घोषणा गर्दै फिल्ममा नयाँ नायिकाका लागि आवेदन खोलिएको बताएका थिए । नायक प्रदिप खड्कासँग ‘स्क्रीन शेयर’ गर्ने युवतीले आसुसेन फिल्मसको वेबसाइट aasusenfilm.com मा आवेदन पठाउनुपर्ने पनि उनले बताएका थिए ।

तर नयाँ नायिकाका लागि आवेदन मागिएको तीन दिनमै आसुसेन फिल्मसको वेबसाइट सर्भर डाउन भएको निर्माता सेनले बताएका छन् । मंगलबार फेसबुकमा स्टाट्स पोष्ट गर्दै सेनले नयाँ नायिकाका लागि इमेलमा आवेदन दिन पनि आग्रह गरेका छन ।

प्रेमगीतमा प्रदीप खड्का र पूजा शर्माले अभिनय गरेका थिए । प्रेमगीत २ मा भने प्रदीपसँग अश्लेषा ठकुरीले रोमान्स गरेकी थिइन् । 
 

अन्तिम अपडेट: बैशाख २, २०८१

2 Comments

  • Suraj

    May 16, 2019, 1 p.m.

    अति हुन्छ नि हावादारी पनि कुरा पनि, सर्भर डाउन रे। कहि नभाको जात्रा हाँडी गाउँमा। अनि उज्यालो अनलाईन अलि verified news हाल्ने गरौँ

  •  0 Reply
  • Rai Subriana

    May 10, 2019, 12:25 a.m.

    Namaste, I am Rai Subriana. I am 20 years old and I live in Chapali, Kathmandu. I study in Associate degree of Psychology. I am really adaptable and I am passionate about Acting and I have acted in several Nepali music video and participated in few local beauty shows like beauty pageants and runway show to get opportunities in Acting. I have also done stage drama and dance. I believe that this platform for me to audition for a great project like Prem Geet 3 can make me learn so many essential different and explore myself. I love acting because I can learn about various characters and expressions. This is a great opportunity for me to gain knowledge in the acting industry and overall to explore myself as well.

  •  0 Reply

तपाईको प्रतिक्रिया