काठमाण्डौको आकाशमा राजस्थानको धुलो

 वैशाख २५, २०७६ बुधबार १२:२२:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – भारतको राजस्थानको मरुभूमि क्षेत्रबाट आएको धुलोका कारण देशका धेरै ठाउँको मौसम पूर्ण सफा नभएको मौसमविद्ले बताएका छन् । 

राजस्थानबाट आएको धुलोका कारण मौसम पूर्ण रुपमा खुल्न नसकेको मौसमविद् विभूति पोख्रेलले जानकारी दिनुभयो । यसकै प्रभावले बुधबार पश्चिम तराईको एकदुई ठाउँमा धुलोसहितको हावा चल्ने सम्भावना रहेको उहाँले बताउनुभयो । 

भारतको राजस्थानमा उडेको धुलो । तस्बिर : हिन्दुस्तान टाइम्स

पानी नपरेसम्म यो धुलो नहट्ने उहाँले जानकारी दिनुभयो । मौसमविद् पोख्रेलका अनुसार बुधबार र बिहीबार पानी पर्ने सम्भावना नदेखिएकाले यो धुलो तत्काल हट्दैन । शुक्रबार दिउँसो पश्चिमबाट पश्चिमी वायु प्रवेश गरेर पानी पर्ने देखिएकाले त्यसपछि भने यो धुलो हट्ने उहाँको अनुमान छ । 

गएको वर्ष असार पहिलो साता पनि मरुभूमिबाट आएको धुलोका कारण देशका धेरै ठाउँमा हिलो पानी परेको थियो ।

बुधबार देशभरी कै मौसम सफा भए पनि बेलुकीपख पूर्वी पहाडी भेगको एकदुई ठाउँमा मेघगर्जनसहित हल्का पानी पर्ने मौसम पूर्वानुमान महाशाखाको अनुमान छ । पानी नपरेपछि देशभरी नै गर्मी बढिरहेको छ । 

केहीदिनदेखि राजस्थानकाे मरुभूमिबाट उडेको धुलोका कारण भारतकाे विभिन्न ठाउँको जनजीवन प्रभावित भएको छ । 
 

अन्तिम अपडेट: फागुन १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया